काठमाडौं । कार्तिक १५ गते १ लाख ७१ हजारमा रेकर्ड बनाएको सुनको मूल्य घटेर १ लाख ६२ हजार ६ सयमा आइपुगेको छ ।
यो बीचमा मूल्य ८ हजार ४ सय रुपैयाँले घटेको हो । सोमबारको तुलनामा सुनको मूल्य तोलामा २ हजार ४ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी प्रतितोला १९२५ रुपैयाँमा कारोबार भइरहेको छ ।






















