Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

धार्मिक पर्यटनको एक महत्वपूर्ण गन्तव्यस्थल धादिङको गंगाजमुना(फोटोफिचर)

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपालको धार्मिक पर्यटनको लागि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्रविन्दु उत्तरी धादिङमा अवस्थित गंगाजमुना बन्दै गएको छ । यही महत्वपूर्ण गन्तव्यस्थल गंगाजमुनामा कार्तिक २६ गते ‘कृषि पर्यटनको पूर्वाधार,समृद्ध गंगाजमुना मूल आधार’ नारासहित मेला हुन गइरहेको छ ।

विशाल पहाडको बीचमा रहेको गंगाजमुना मन्दिर, मन्दिर परिसर नजिकै हरहर भनेर हात थाप्दा पाइने विशाल छहरा हेर्दै मनमोहक रहेको छ । त्यहीँ रहेका विभिन्न छहरामा नुहाउँदा अशान्त मनहरु शान्त हुने धार्मिक मान्यता रहिआएको छ ।

 

विविधता बोकेको यस धार्मिक तिर्थस्थलमा प्रत्येक वर्ष देश/विदेशबाट भक्तजनहरुको बाक्लो उपस्थिति रहने गरेको छ ।

कृषि र धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेको गंगाजमुनामा विगतका दिनहरुमा तिन–चार दिन हिँडेर पुगिने गरिन्थ्यो भने पछिल्ला दिनहरुमा स्थानीय तहको सक्रियताका कारण अहिले मन्दिर परिसरसम्म पुग्न मोटर बाटो निर्माण भएको छ । अन्य विभिन्न पूर्वाधारहरु पनि तिव्र गतीमा बनिरहेका छन् । त्यसैगरी त्यहाँको स्थानीय उत्पादनको खरिद बिक्री र उपभोग मेलाको अर्को आकर्षण हुने गर्दछ । मेलामा स्थानीय झाँकीहरु, भजन कृतन, झाँक्री नाच, तामाङ सेलो, लामा नाच, मारुनी नाच, कौडा नाच, चौंरी घोडा नाच, लाखे नाच तथा राष्ट्रिय एवम् स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।

मुलुककै धार्मिक पर्यटनको लागि प्रमुख आकर्षण बनिरहेको गंगाजमुनामा दिर्घकालिन रुपमा अझै धेरै कामहरु गर्न बाँकी रहेको स्थानीयबासी एवं ग्यास बिक्रेता महासंघका अध्यक्ष तथा नेपाल उधोग वाणिज्य महासंघ व्यापार समिति सदस्य चन्द्र थापा बताउँछन् । मुलुकको पर्यटन क्षेत्र, नेपाल उधोग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, सिएनआई, जिल्ला एवं केन्द्रका वस्तुगत संघहरु उच्च नेतृत्व तह अर्थात् लगानीकर्ताहरुको उपस्थितिमा त्यहाँको चिनारी गराउँदा समृद्ध गंगाजमुना निर्माणमा थप योगदान पुग्ने र यसका लागि स्थानीय निकायको ध्यान पुग्न जरुरी रहेको उनी बताउँछन् । लगानीकर्ताबाटै उद्योग, व्यवसायका साथै रोजगारी विस्तार र आर्थिक समृद्धिमा जान सकिने उनको भनाइ छ ।

यता गंगाजमुनामा केवल कार, तारे होटलहरु, होम स्टेको धेरै नै संभावना रहेको भन्दै लगानीकर्तालाई लगानी गर्न थापाको आग्रह छ । धेरै पर्यटन व्यवसायी बस्ने धादिङको गंगाजमुना गाउँपालिकाका पर्यटन व्यवसायीहरुले पनि अब यसतर्फ सोच्नुपर्ने छ । यही क्षेत्र भएर मध्यपहाडी लोकमार्ग जाने स्थितिले गंगाजमुनाको महत्व अझै बढ्दै गएको कांग्रेसका नेता समेत रहेको थापा बताउँछन् । यसलाई उजागर गर्न आफूहरु लागिपरेको उनको भनाइ छ ।

तस्विर स्रोतः गंगाजमुना गाउँपालिका

Health Tips Ad Road Block