Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

हवाई भाडावृद्धि नियन्त्रणमा जुट्यो सरकार 

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डे बद्री पाण्डेले अन्तराष्ट्रिय विमान कम्पनीको हवाई भाडामा भएको वृद्धि नियन्त्रण गर्न अग्रसरता देखाएका छन् । भाडावृद्धिका कारण वैदेशिक रोजगारीमा जाने श्रमिकहरु मर्कामा परेको भन्दै मन्त्री पाण्डेले शुक्रबार परराष्ट्रमन्त्री आरजू राणा देउवा, श्रम तथा रोजगारमन्त्री सरदसिंह भण्डारीसहित वैदेशिक रोजगार सम्बद्ध संस्थाका प्रतिनिधिहरुसँगै हवाई भाडावृद्धिका बारेमा छलफल गरेका हुन् ।

सो अवसरमा वैदेशिक रोजगारीमा जानेहरुका लागि नयाँ दिल्लीस्थित विमानस्थल प्रयोग गर्न यस अघि लगाइएको रोक खुला गर्ने तथा भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा थप उडानका लागि सहजीकरण गर्ने लगायतका विषयमा छलफल भएको थियो ।
छलफलका क्रममा विमानस्थलको ट्याक्सी वे विस्तारका लागि रातिको समय विमानस्थल बन्द भएको बहानामा केही विमान कम्पनीहरुले कार्टेलिङ गरेको हुन सक्ने भन्दै बैदैशिक रोजगारसँग सम्बद्ध व्यवसायीहरुले यस विषयमा सरकारले निर्मम भएर निर्णय गर्नु पर्ने कुरामा जोड दिएका थिए ।

छलफलका क्रममा लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएनका अध्यक्ष दीपक थापाले नेपालबाट अन्तराष्ट्रिय हवाई भाडामा अस्वभाविक रुपमा वृद्धि भइ रहेको र यसमा एयरलाइन्स कम्पनीहरु र केही ट्राभल एजेन्सीहरुको हात ठूलो हात रहेको बताएका थिए ।
छलफलमा उनले भने, गरिब श्रमिकहरु सामान्यभन्दा चार गुणा बढी हवाई मूल्यमा टिकट किन्न बाध्य बनाएको छ । यस विषयमा सरकारले कडा कदम चाल्न जरुरी छ ।

छलफलका क्रममा परराष्ट्रमन्त्री आरजु राणा देउवाले हवाई टिकमा कटौती हुँदा सबैभन्दा बढी सरकारलाई नै घाटा भएको उल्लेख गरे । उनले पर्यटनमन्त्रीको अध्यक्षतामा पुनः बैठक बसेर समस्या टुंग्याउने उल्लेख गर्दै तत्काललाई यात्रुहरुलाई मध्यनजर गर्दै दिल्लीबाट उडान भर्नका लागि दूतावासमार्फत पहल गर्नका लागि अनुरोध गर्ने समेत बताए।

त्यसै गरी श्रम तथा रोजगार तथा समाजिक सुरक्षा मन्त्री सरतसिंह भण्डारीले यस अघि भारतको नयाँ दिल्लीबाट नेपालीहरु श्रम गन्तव्यमा जाने गरेको भए पनि म्यानपावर व्यवसायीहरुकै आग्रहमा मानव तस्करी बढेको गुनासोपछि रोक लगाएको बताए । मन्त्री भण्डारीले भैरहवा र पोखरा विमानस्थलबाट हवाई उडान भर्न आग्रह गरे । मन्त्री भण्डारीले भने, ‘हवाई टिकटमा भएको मुल्यवृद्धिका कारण नेपाल आउने पर्यटकहरु समेत मर्कामा परेका छन् । सिन्डिकेट र कार्टेलिङ भएको भए त्यसलाई रोक्नुपर्छ । वैकल्पिक एयरपोर्टका लागि भैरहवा र पोखरा विमानस्थल प्रयोगमा जोड दिनुपर्छ ।’

त्यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले दशैं तिहारको समयमा बाढी पहिरोका कारण हवाई चाप बढ्दा आन्तरिक उडानको टिकटको मूल्य बढेको उल्लेख गरे । मन्त्री पाण्डेले भने, ‘यस अघि दशैं तिहारको समयमा बाढी पहिरोका कारण हवाई भाडावृद्धि हुन पुग्यो ।’ हाल त्रिभुवन विमानस्थलको धावनमार्ग विस्तार गर्नका लागि विमानस्थलमा रातिको समयमा हुने उडान समय घटाएको विषयलाई लिएर हवाई टिकमा वृद्धि भएको बताए । उनले भने, ‘धावनमार्गको विस्तारको सूचना बाहिरीएसँगै एयरलाइन्स कम्पनीहरुले उडान कटौती गर्ने योजना बनाइसक्नु भएको थियो । पोखरा र भैरहवा अन्तर्राष्ट्र्रिय विमानस्थलमा फ्लाइट डाइभर्ड गर्न थालिएको हाल तीनचारवटा विमान कम्पनीले जाने तयारी गरिरहेका र केही गइरहेका छन् ।’ मन्त्री पाण्डेले सरकारसँग पर्याप्त विमान नहुँदा समेत समस्या देखिएको बताए ।

रोजगार व्यवसायीहरुले भने सरकार आवश्यक परेको बखत निर्मम बन्नु पर्ने समेत सुझाव दिएका थिए ।

Health Tips Ad Road Block