Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

अमेरिकाको नयाँ राष्ट्रपतिको निर्वाचनः ट्रम्प र ह्यारिसबीच कडा प्रतिष्पर्धा

विश्व अर्थतन्त्रबारे चासो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । विश्व शक्ति राष्ट्र अमेरिकामा नयाँ राष्ट्रपति चुन्नका लागि मंगलबार निर्वाचन हुँदैछ । अमेरिकाको ४७ औँ राष्ट्रपति चुन्नका लागि १६ करोड ६४ लाख मतदाताले मतदानमा सहभागी भएर मत दिनेछन् ।

नयाँ राष्ट्रपति बन्ने दौडमा रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्र्याटिक पार्टीबाट उपराष्ट्रपति कमला ह्यारिस रहेका छन् । व्यापारिक सोचसँगै साम, दाम र दण्डभेदको प्रयोग गर्न सक्ने खुबी रहेकाले ट्रम्पलाई बलियो दाबेदार मानिएको छ भने अश्वेत महिलाका रूपमा ह्यारिसलाई हालसम्मकै चर्चित राष्ट्रपतिको दाबेदार मानिएको छ ।

बीबीसीसहित अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले मतमा केहीमात्रै तलमाथि हुनसक्ने आँकलन गरेका छन् । सबैले यो चुनावलाई चासोकारुपमा हेरेका छन् ।

राष्ट्रपति चयनको मानक मानिने इलेक्टोरल मतले दुवै मतदातालाई औसतमा सिमित पार्नसक्ने विश्लेषकहरुको बुझाइ रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् ।

अमेरिकाको संवैधानिक व्यवस्थाअनुसार इलेक्टरलाई राष्ट्रपति र उपराष्ट्रपति चयन गर्ने अधिकार छ । अमेरिकाको ५० वटा राज्यमा अत्यधिक मत ल्याउनु भनेको इलेक्टोरल मतमा अगाडि रहनु हो । इलेक्टोरल मतको कुल सङ्ख्या ५३८ मध्येबाट कम्तीमा २७० इलेक्टोरल मत ल्याउन सक्ने उम्मेदवारको जित सुनिश्चित हुनेछ ।

कोभिड–१९ महामारी र त्यसपछिको आर्थिक मन्दीले विश्व अर्थतन्त्रमा असर परिरहेका बेला अमेरिकाको भावी राष्ट्रपतिको नीतिले महत्वपूर्ण अर्थ राख्नेछ ।

Health Tips Ad Road Block