Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

‘मौलिक संस्कृति बचाउँ, पर्यटनमा टेवा पुर्याउँ’ भन्ने उद्देश्यका साथ पर्यटन बोर्डमा सेलरोटी पकवान प्रतियोगिता

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । उज्यालोको पर्व तिहारको अवसर पारेर काठमाडौंस्थित नेपाल पर्यटन बोर्डको प्राङ्गणमा सेलरोटी पकवान प्रतियोगिता–२०८१ गरिएको छ । सेलरोटीबिनाको तिहार खल्लो हुने नेपाली मान्यता रहिआएकाले ‘मौलिक संस्कृति बचाउँ र पर्यटनमा टेवा पुर्याउँ’ भन्ने उद्देश्यका साथ पहिलोपटक प्रतियोगिता गरिएको हो ।

नेपालीको अति लोकप्रिय, पवित्र र पौराणिक खानेकुरा सेलरोटीप्रतिको मौलिकता बचाइराख्न पनि महिला दिदीबहिनीहरुको सहभागितामा प्रतियोगिता गरिएको हो । ट्रिनिटी मार्केटिङ एण्ड इभेन्ट म्यानेजमेन्टको संयोजनमा नेपाल पर्यटन बोर्ड, पर्यटन पत्रकार संघ (जाट–नेपाल), सेफ एसोसियसन अफ नेपाल, महिला उद्यमी संघ, उनी वस्तु विकास संघ, पर्ल वासमती चामल, निभिया लोसन, डेवान्स इन्जिनियरिङ, किवानिस क्लब अफ मेरिगोल्ड, किवानिस क्लब अफ धौवलागिरी लगायतको सहयोगमा प्रतियोगिता गरिएको हो ।

पूर्व सांसद नवराज सिलवालले सेलरोटी पकाएर प्रतियोगिताको उद्घाटन गरेका हुन् । कार्यक्रममा शुभकामना दिँदै पूर्व सांसद सिलवाले परम्परागत खाना एवं संस्कृतिको संरक्षणमा लाग्नु आफैंमा सुखद पक्ष रहेको धारणा व्यक्त गरे ।

कार्यक्रममा पर्यटन पत्रकार संघ (जाट–नेपाल) का अध्यक्ष देवीप्रसाद पन्तले मौलिक खाना सेलरोटीको जगेर्नासँगै पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी दिए । प्रतियोगिताकी संयोजक साबित्री ढुंगानाले महिला दिदी बहिनीहरुको आफ्नो मौलिक सिप एवं कलालाई प्रतियोगितामार्फत उजागर गर्दै संरक्षणमा आगामी दिनमा थप हौसला प्रदान गर्न आफूहरु लागिपरेको बताइन् ।

प्रतियोगितामा काठमाडौं उपत्यकाका २६ जना महिलाहरुको १३ समूह सहभागी भएको थियो । सहभागीहरुमध्ये प्रथम, द्धित्तीय र तृत्तिय स्थान हासिल गर्नेलाई मेडल, सम्मानपत्र र पुरस्कारस्वरुप चामल प्रदान गरिएको थियो । प्रतियोगितामा सहभागी सबैलाई प्रमाणपत्रले सम्मान गरिएको थियो । प्रतियोगिताको निर्णायकहरुमा सेफ एसोसियसन अफ नेपालका निवर्तमान अध्यक्ष एवं सेफ एसोसियसन फाउण्डेसनका सञ्चालक श्याम लामा, वरिष्ठ सेफ रत्नबहादुर थापा, सेफ एसोसियसन अफ नेपालका महासचिव पदम आलेमगर रहेका थिए । निर्णायकहरुले सेलरोटी बनाउँदा ध्यान दिनुपर्ने पक्षहरु, मिश्रण गर्न सकिने सामग्रीलगायतबारे प्रतियोगीहरुलाई जानकारी दिँदै हौसला प्रदान गरेका थिए ।

नेपाली समाजमा तिहार, विशेष पर्व, पूजा, विवाह, धार्मिक कार्य लगायतमा सेलरोटीको पकवानको विशेष महत्व रहेको छ ।

Health Tips Ad Road Block