काठमाडौं । आजदेखि डिजेल र मट्टितेलको मूल्य घटेको छ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा एक रुपैयाँले घटाएको हाे ।
इण्डियन आयल कर्पोरेशनबाट प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ०.२५ र डिजेलमा १.०४ ले घटेर तथा मट्टितेलमा २.२४, हवाई इन्धनमा ३.२३ र खाना पकाउने एलपि ग्यासमा प्रति सिलिण्डर ५५.७० ले बढेर आएको छ। सोहीअनुसार निगम संचालक समितिको बैठकले डिजेल र मट्टितेलको साविकको खुद्रा विक्री मूल्यमा प्रति लिटर १ रुपैयाँका दरले घटाएको जनाएको छ ।
आम उपभोक्ताको हितलाई मध्यनजर गरी हवाई इन्धन र एलपि ग्यासको मूल्य भारतबाट बढेर आएपनि हाललाई नेपालमा भने यथावत् राखिएको निगमले जनाएको छ।























