ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

राष्ट्रिय वाणिज्य बैंकद्वारा ११७ जना नवनियुक्त अधिकृतहरुलाई पूर्व सेवाकालिन तालिम प्रदान

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट प्रदेशगत रुपमा छनौट भएका ११७ जना नवनियुक्त अधिकृतहरुलाई चौध दिने पूर्व सेवाकालिन तालिम बिहिबारबाट काठमाडौंमा सञ्चालन सुरु गरेको छ ।

तालिमको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत देबेन्द्ररमण खनालले प्रतिस्पर्धी बजारमा बैंकले लिएको उद्धेश्य कार्यन्वयनमा यो ठूलो संख्याको जनशक्तिको भूमिका महत्वपूर्ण हुने बताए । उनले जनताको ठूलो विश्वास बैंकप्रति रहेको हुँदा व्यवसायिक ढङ्गबाट कार्य गर्ने सोच बनाउनु पर्ने बताए । उनले विभिन्न प्रक्रिया पश्चात बैंकले एकपटक ठूलो संख्यामा युवा अधिकृतहरुलाई नियुक्ति दिएर बैंकिङ्ग क्षेत्रमार्फत देश र नागरिकको सेवा गर्ने अवसर प्रदान गरेको बताए । अरु सहायक स्तरका कर्मचारीहरुको भर्ना प्रक्रिया छिट्टै पूरा भएपछी बैंकले दिने सेवा र उत्पादकत्व बढ्ने उनले बताए ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत खनालले नवनियुक्त सहायक प्रबन्धक, उपप्रबन्धक, प्रबन्धक र बरिष्ठ प्रबन्धक तहका जम्मा ११७ जना अधिकृतहरुलाई बैंकको कर्मचारी सेवा विनियमावली बमोजिम शपथ समेत गराएका थिए ।

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरु सरस्वती अधिकारी, देवेश प्रसाद लोहनी, मानव संशाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरेले नवनियुक्त अधिकृत कर्मचारीहरुलाई बधाई तथा शुभकामना दिएका थिए । कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृतरु पवन रेग्मी, विनयरमण पौडेल, दुर्गा कुमारी कँडेल, रामकुमार थापा र तालिम तथा सिकाई विकागका विभागीय प्रमुख पद्य्मा लक्ष्मी जि.सी. लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २९४ वटा शाखा कार्यालय, ३१२ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा रहेको छ ।

 

Health Tips Ad Road Block