ev scooty luyuan nepal baishak 2082 15

skip this News Page Tips Ad Road Block

दश अर्ब रुपैयाँको लगानी कम्पनीले काम सुरु गरिसक्योः अध्यक्ष ढकाल

स्याङजाको सुन्तला र पर्यटन प्रवर्धनमा सहकार्य गर्ने

bf dear shoes jutta mela 2082 baishak-jesth

स्याङजा । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्याङजाको सुन्तला, कफी र पर्यटन प्रवर्धनसम्बन्धी सम्भाव्य योजना तथा कार्यक्रम बने सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

स्याङजा जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ढकालले १० अर्ब रूपैयाँको लगानी कम्पनी स्थापना भएको र त्यसले काम सुरु गरिसकेको जानकारी गराउँदै स्वदेशी लगानीबाट पनि सकारात्मक सन्देश प्रवाह गर्न सकिने बताए । उनले भने, ‘जिल्ला जिल्लाका व्यावसायी साथीहरु लगानीका लागि अवसर खोजिरहनु भएको छ । त्यसलाई एकिकृत गर्ने हो भने पुँजीको कुनै समस्या हुँदैन ।’

अध्यक्ष ढकालले भने, ‘यतिबेला बैंकमा निक्षेप पर्याप्त छ, व्याजदर निकै घटेको छ । यस्तो बेला नेपालमा नै लगानीको अवसर छ भन्ने सन्देश प्रवाह गर्नुपर्छ ।’

ढकालले यो डेढ वर्षको अवधिमा लगानी प्रवद्र्धनका लागि देश भित्र र बाहिर आफूहरुले निरन्तर अभियान संञ्चालन गरेको जानकारी गराउँदै आफूहरुकै पहलमा सरकारले लगानी मैत्री वातावरण बनाउन ८ वटा कानून शंशोधन गरेको जानकारी गराए ।

नीजि क्षेत्रले उठाउँदै आएको मर्यादाक्रमको विषय, करसम्बन्धी समस्या लगायतका विषयमा आफूहरु निरन्तर लागिरहेको उनले जानकारी गराए ।

Health Tips Ad Road Block