ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

सास्ती हटेर नागरिकले सहज स्वास्थ्य सेवा पाउने कहिले होला त है ?

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । विशेषज्ञ चिकित्सक, पर्याप्त पूर्वाधार र उपकरण भएपनि भद्रगोल व्यवस्थापन र राजनीतिक हस्तक्षेपले अधिकांश सरकारी अस्पतालमा बिरामीले निकै सास्ती खेप्नु परिरहेको छ । शहरी क्षेत्रमा सेवाग्राहीको बढ्दो चाप व्यवस्थापन र ग्रामिण क्षेत्रमा जनशक्ति तथा उपकरण नहुँदा बिरामी महंगो शुल्क तिरेरै नीजि अस्पतालमा धाउन बाध्य छन् ।

मुलुकका अधिकांश सरकारी अस्पतालको सेवा र उपकरणको अवस्थाको बिजोग छ । कतै जनशक्ति छैनन्, कतै प्रयोग हुन्न । कतै पालो पर्खन महिनौं सम्म लाग्छ । अस्पताल पुगेका बिरामी हैरानी खेप्नुपर्छ । सरकारी अस्पतालमा भोग्नुपर्ने सास्तीले बिरामी र आफन्तलाई नीजि अस्पताल पुग्न बाध्य पारेको छ । चिकित्सकको अभाव, घण्टौंको लाईन । जनताको उपचारमा बर्षेनी अर्बौ रुपैंया खर्च भइरहेको छ । बर्षैनि अर्बाै रुपैयाँ बजेट पनि छुट्टाइन्छ तर सरकारी अस्पतालहरुको सेवा, सुविधामा सुधार हुन सकेको छैन । काठमाडौको त्रिवि शिक्षण अस्पतालमा केही समय अगाडि भेटिएका नुवाकोटका जीवनबहादुर श्रेष्ठ उनको बुबाको उपचारको लागि अस्पताल धाउन थालेको १ महिना बितिसकेको छ । यो अवधिमा उनले बुबाको टाउकोको सिटिस्क्यान र एमआरआइ गरेर रिपोर्ट लिनको लागि मात्रै यतिका समय गर्नुपरेको गुनासो गर्छन् । निजि अस्पतालमा उपचारका लागि लैजान आर्थिक अवस्था कमजोर भएको कारण महिनांै सम्म सरकारी अस्पतालमा पालो पर्खिन बाध्य बनेको गुनासो उनको छ ।

मुलुककै जेठो अस्पताल वीरमा दाँत दुखेर उपचार गराउन पुगेका विवेक विश्वकर्माले दाँतको एक्सरेको रिपोर्ट मोबाइलमा फोटो खिचे । उनको दाँतको उपचारको पालो तीन महिना पछिलाई पारियो । दाँत दुखेर बस्न खप्न नसकेपछि अस्पताल पुगेका उनलाई तीन महिनासम्म पालो प्याक भइसकेको र त्यसपछिको समय मात्रै अस्पतालले लेखिदियो । ‘निजी अस्पताल जाउँ पैसा छैन, सरकारी अस्पतालले तीन महिना पछाडि धकेलिदियो । हामी दुःखीको कहिले आउँछ पालो ।’ उनी भन्दै थिए । त्यतिमात्रै होइन कतिपय दिनमा वीर अस्पतालको टिकट काट्नु नै युद्ध जिते सरह हुने गर्दछ ।

वीर अस्पताल लगायत अन्य थुप्रै अस्पतालमा धाउँदै शिक्षण अस्पतालमा भेटिएकी तिलकुमारी तिमल्सिना अस्पतालमा धाउन थालेको १ बर्ष भइसकेको छ तर उनको रोग के हो पत्ता लाग्न सकेको छैन । अहिले उनीमाझ सरकारी अस्पतालले दिने गुणस्तरप्रति नै गुनासो गर्ने बाहेक कुनै उपाय छैन ।

अर्काेतर्फ स्वास्थ्य सामग्री तथा मेसिन बिग्रेमा त्यसको मर्मत नगरी बिरामीलाई बाहिरका निजी ल्याबमा रेफर गर्ने, आर्थिक स्वार्थको निम्ति ढिलासुस्ती गर्ने, डाक्टरले आफ्नो निजी क्लिनिक लक्षित काम गर्नेजस्ता गैर व्यावसायिक नियतले गर्दा निम्न आयस्रोत भएका बिरामी मारमा परेका छन् । यस प्रति सरकार र सरोकारवाला निकायको ध्यान जानु जरुरी छ ।

Health Tips Ad Road Block