skip this News Page Tips Ad Road Block

भोलिदेखि पूर्णिमासम्म रात्रिकालीन उडानको व्यवस्था

काठमाडौं । संस्कृति पर्ययटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले घटस्थापनादेखि पूर्णिमाको दिनसम्म रात्रिकालीन उडानको व्यवस्था मिलाएको बताएका छन् ।

मन्त्री पाण्डेले हवाई टिकटमा सहजता र भाडामा न्यूनता ल्याउने गरी रात्रिकालीन उडानको व्यवस्था मिलाएको बताएका हुन् । मन्त्री पाण्डेले भने, ‘बाढी पहिरो तथा चाडपर्वका कारण सिर्जित बढ्दो हवाई चापलाई सम्बोधन गर्न घटस्थापनादेखि असोज ३० गते पूर्णीमाको दिनसम्म त्रिभुवन अन्तर्राष्ट्र्रिय विमानस्थल, गौतमबुद्ध, विमानस्थल र पोखरा विमानस्थल लगायतमा रात्रिकालीन उडानको व्यवस्था मिलाएको छ।’

साथै मन्त्री पाण्डेले रात्रिकालिन उडान हुने सम्पूर्ण विमानस्थलमा बिहान साढे चार बजेदेखि राति अपरेशनको समयमा आवश्यकता अनुसार उडान हुने उल्लेख गरेका छन् ।

Health Tips Ad Road Block