ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

सडक पूर्ण रुपमा संञ्चालन नभएसम्म हवाइ टिकट सस्तोमा बेच्न वायु सेवा कम्पनी सहमत

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेको निर्देशन विशेष पहलपछि सडक सञ्जााल सञ्चालनमा नआएसम्म सरकारले तोकेको अधिकतम् हवाई भाडा नलिन बायुसेवा कम्पनीहरु सहमत भएका छन् । मन्त्री पाण्डेको निर्देशन अनुसार वायु सेवा सञ्चालक समितिले असोज १३ गते जारी गरिएको प्रेस विज्ञप्तिलाई कडाईका साथ कार्यान्वयन गर्नेर सडक सञ्जालन सञ्चालनमा नआएसम्म मंहगो भाडादरमा टिकट विक्री नगर्ने भएका हुन् ।

यस अघि तीन दिनका लागि मात्र कम भाडादरमा टिकट विक्री गर्न सहमत भएका हवाइ कम्पनीहरुले अहिले सडक यातायात पूर्ण रुपमा संञ्चालन नभएसम्म कम भाडादर मै टिकट विक्री गर्ने भएका हुन् ।
वायु सेवा संचालक समितिले प्रेस विज्ञप्ति जारी गर्दै बाढी पहिरो पश्चात सडक सञ्जाल समेत संचालनमा नआउँदासम्म सरकारले तोके बमोजिम लिँदै आएको उच्चतम् भाडादरमा हवाइ टिकट नबेच्न निर्देशन दिईएको हो ।

यस अघि गत असोज १३ गते मन्त्री पाण्डेको निर्देशनमा वायु सेवा कम्पनीहरु हवाई भाडा घटाउन सहमत भएका थिए । अविरल वर्षासँगै बाढी पहिरोका कारण देशभरका अधिंकाश सडक सञ्जाल र राजमार्गहरु अवरोध भएका छन् ।

Health Tips Ad Road Block