ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

एनआरएनए यूकेले बाढी पीडितलाई १५ लाख रुपैयाँ सहयोग गर्ने

Citizenlife ad 2082 falgun to baishak 2083

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले लगातार भारी वर्षाका कारण देशका विभिन्न भागमा भएको बाढी, पहिरो र डुबानबाट प्रभावित नेपालीहरुलाई १५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । संघका अध्यक्ष हितकाजी गुरुङको अध्यक्षतामा बसेको आकस्मिक बैठकले नेपालका बाढी पीडितहरुको लागि सो सहयोग गर्ने निर्णय गरेको हो ।

संघले पहिलो चरणमा १० लाख रुपैयाँ तत्काल उपलब्ध गराउने र बाँकी ५ लाखपछि थप गर्दै जाने निर्णय समेत गरेको छ।

संघका महासचिव गोविन्द खरेलले संचालन गरेको बैठकले उपाध्यक्ष सुरेश परियारको संयोजकत्वमा आर्थिक संकलन समिति गठन गरेको छ ।

बैठकमा गैरआवासीय नेपाली संघका उपाध्यक्ष रामशरण सिम्खडा, यूरोप क्षेत्रीय उपसंयोजक महेश अधिकारी, आइसीसी सदस्यहरु चिरन शर्मा, विष्णु चालिसे, दिलराज गुरुङ, गैरआवासीय नेपाली संघ यूकेका पदाधिकारी तथा सदस्यहरु, स्कटल्याण्ड राज्य परिषदका अध्यक्ष दिवाकार पाण्डे, इंल्याण्ड राज्य परिषदका अध्यक्ष शम्भु अर्याल समेतको उपस्थिति थियो ।

यसअघि गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा सोमबार बसेको अन्तर्राष्ट्रिय परिषद्को बैठकले राष्ट्रिय समितिहरुलाई राहत वितरणमा सक्रिय हुन अनुरोध गरेको थियो ।

Health Tips Ad Road Block