ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धनको मूल्य घट्यो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल आयल निगमले ग्यासबाहेक सबै पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार निगम संचालक समितिको निर्णय बमोजिम मूल्य समायोजन गरिएको हो ।

नयाँ समायोजित मूल्य आज राति एक बजेदेखि लागु हुनेछ । निगमको नयाँ निर्णयअनुसार साविकको खुद्रा विक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ र आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर ६ रुपैयाँका दरले घटाईएको छ।

अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रति किलोलिटर अमेरिकी डलर ४५ ले घटाई बिक्री मूल्य कायम गरिएको आयल निगमले जनाएको छ । यता खाना पकाउने एलपि ग्यासको मूल्य निरन्तर वृद्धि हुन गई निगमलाई प्रति सिलिण्डर २६९.८० रुपैयाँ घाटा भएतापनि हाललाई बिक्री मूल्य यथावत् नै राखिएको निगमले जनाएको छ।

Health Tips Ad Road Block