ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

नेप्सेले भन्यो–सामाजिक सञ्जालका विश्लेषकको हल्लाका भरमा लगानी नगर्नु

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले विश्लेषक वा सामाजिक सञ्जालमा आउने हल्लाको भरमा मात्रै लगानी नगर्न लगानीकर्ताहरुलाई आग्रह गरेको छ।

एक सूचनामार्फत नेप्सेले लगानीकर्तालाई यस्तो आग्रह गरेको हो । नेप्सेले नेपालमा बजार विश्लेषकको रूपमा हालसम्म कसैलाई मान्यता नदिइएको भन्दै ती र त्यस्ता विज्ञको विश्लेषण वा सामाजिक सञ्जाललाई हेरेर लगानी नगर्न भनेको हो ।

नेप्सले सूचनामा लेखेको छ, ‘नेपालमा हालसम्म कुनैपनि निकायबाट कसैलाई पनि बजार विश्लेषकको रूपमा दर्ता गर्ने वा मान्यता प्रदान गर्ने गरिएको छैन । फेसबुक, ट्विटर, क्लबहाउस लगायतका सामाजिक सञ्जाल वा आम सञ्चारका माध्यममा त्यस्ता विश्लेषक वा विज्ञका नाममा आउने विश्लेषणलाई मात्र आधार बनाई लगानी गर्दा जोखिममा पर्न सकिन्छ । त्यसैले यथार्थ बुझेर लगानीसम्बन्धी निर्णय गर्न नेपाल स्टक एक्सचेन्ज (नेप्से) सम्बन्धित सबैलाई अनुरोध गर्दछ।’

पछिल्ला दिनहरुमा आफ्नो स्वार्थअनुरुप सामाजिक सञ्जालहरुमा गलत विश्लेषण हुने र त्यसको आधारमा लाग्दा धेरैले लगानी गुमाइरहेका छन् ।

Health Tips Ad Road Block