skip this News Page Tips Ad Road Block

नेपाललाई चार वटा स्वर्ण र १७ कास्य अवार्ड, दक्षिण एसियाकै उत्कृष्ट आतिथ्य र यात्रा उद्योगको मान्यता

सांस्कृतिक आदानप्रदान र दिगो पर्यटन विकासमा मन्त्रीको जोड

काठमाडौं । ‘साउथ एसियन ट्राभल अवार्ड’को आठौँ संस्करणअन्तर्गत नेपालले २१ वटा अवार्ड जितेको छ । ‘साउथ एसियन ट्राभल अवार्ड’को आठौँ संस्करणको समापनमा यस दक्षिण एसियाका चार सय होटल र ट्राभल मनोनयनमा परेकामध्ये नेपालले २१ वटा अवार्ड जितेको हो । नेपालले चार वटा स्वर्ण र १७ वटा कास्य अवार्ड प्राप्त गरेको छ । नेपालले उत्कृष्ट सांस्कृतिक गन्तव्यस्थलका तर्फ पनि अवार्ड जितेको छ ।

त्यस अवसरमा ‘साटा फेस अफ साउथ एशियन टुरिजम अवार्ड’ द्वारिका होटेलका स्व. अम्बिका श्रेष्ठ र पर्यटन व्यवसायी कर्ण शाक्यलाई प्रदान गरियो ।

यसको अघिल्लो संस्करण माउन्ट ल्याभिनिया, अड्डु सिटी, मुम्बई, गाले सिटी, माले एटोल, र बेंगलुरुमा आयोजना गरिएको थियो । उक्त कार्यक्रममा प्रत्येक वर्ष अवार्ड समारोह र गाला डिनरमा उद्योगका केही प्रख्यात व्यक्तित्वहरू उपस्थित हुने गर्दछन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको उपस्थितिमा भएको कार्यक्रममा साउथ एशियन ट्राभल अवार्डका अध्यक्ष अब्दुल लतिफले यस अवार्डले सन् २०१६ देखि दक्षिण एसियाको उत्कृष्ट आतिथ्य र यात्रा उद्योगलाई मान्यता दिँदै आएको बताए ।

त्यसैगरी मन्त्री पाण्डेले पर्यटन क्षेत्रको विकासले सांस्कृतिक आदानप्रदान र दिगो विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । ‘साउथ एसियन ट्राभल अवार्ड’ जस्ता कार्यक्रम हुनुले मुलुकको अर्थतन्त्र चलायनमान बनाउनुका साथै संस्कृति जगेर्ना गर्ने बताए ।

“पर्यटन क्षेत्र चलायमान हुँदा मुलुकको अर्थतन्त्र चलायमान मात्रै नभइ संस्कृतिक आदानप्रदान र दिगो विकासमा महत्त्वपूर्ण भूमिका खेल्छ”, मन्त्री पाण्डेले भने ।

Health Tips Ad Road Block