ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

साल्ट ट्रेडिङले नुनजस्तै अन्य वस्तुको पनि व्यापार विस्तार गरोस्ः मन्त्री अधिकारी

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चाडपर्वका बेला उपभोग्य वस्तुको भाउ नियन्त्रण गर्न बजारमा साल्ट ट्रेडिङ कर्पोरेसनको आफ्नो उपस्थितिलाई बलियो पार्नुपर्ने बताएका छन् । साल्ट ट्रेडिङको ६२ औँ वर्ष प्रवेशको अवसरमा आयोजित कार्यक्रममा मन्त्री भण्डारीले कर्पोरेसनले लामो समयदेखि आयोडिनयुक्त नुनमा बजारमा एकछत्र कब्जा जमाए जसैगरी अन्य अत्यावश्यक वस्तुमा पनि कब्जा जमाउने गरी कार्य विस्तार गर्नुपर्ने बताए । वस्तुको मूल्य र गुणस्तरलाई समेत ध्यानमा राखेर व्यवसाय विस्तारमा अगाडि बढेमा सरकारबाट कर्पोरेसनलाई सहयोग गरिरहने उनले प्रतिबद्धता जनाए ।

कर्पोरेसनका कार्यकारी निर्देशक उर्मिला श्रेष्ठले आम उपभोक्ताको सेवामा निरन्तर सेवा गरेको कर्पोरेसनले व्यापारमा गुणस्तरीय वस्तु र सेवाको विस्तार वृद्धि गरेको जानकारी दिइन् । कर्पोरेसनले आमउपभोक्ताले दैनिक उपभोग गर्ने नुन, चिनी, खाने तेल, चामल, पिठो, दाल, गेडागुडी, खाना पकाउने ग्याससमेत सामान्य अवस्थामा आफ्नै बिक्री केन्द्रबाट र असामान्य अवस्थामा उपभोक्ताको घरदैलोसम्म पुर्‍याएर भए पनि सेवा प्रवाहलाई निरन्तरता दिएको उनले जानकारी दिइन् । कर्पोरेसनले २०७२ सालमा आएको महाभूकम्प र कोभिड–१९ को समयमा समेत आम उपभोक्ताको आवश्यकतालाई ध्यानमा राखेर घरदैलोसम्म ती वस्तुको सेवा पुर्‍याउने काम गरेको श्रेष्ठले बताइन् ।

‘कर्पोरेसनले कोभिड महामारीका बेलामा जनस्वाथ्यका मापदण्ड पालना गरेर ठाउँ ठाउँमा मोबाइल भ्यानमार्फत दैनिक उपभोग्य वस्तु पुर्‍याउन जनताको घरदैलोमा सेवा पुर्‍याउनु सामान्य कुरा थिएन । तैपनि सेवासँगै आफ्नो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै कम्पनीले महामारीका बेलामा पनि जन जनको घरदैलोमा सेवा पुर्‍याउने काम गरेको थियो ।’ उनले भनिन् ।

कर्पाेरेसनले जस्तोसुकै संकटमा नुनको हाहाकार हुन नदिई मूल्य तथा गुणस्तरमा एकरूपता राख्न सफल भएको दाबी गरेको छ ।

Health Tips Ad Road Block