ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

किसानका पक्षमा इमान्दरीताका साथ काम गर्ने कृषि मन्त्रीको प्रतिबद्धता

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले आफूले किसानका पक्षमा इमान्दरीताका साथ काम गर्ने प्रतिबद्धता बोकेको बताएका छन् । मुक्तिनाथ कृषि कम्पनीको छैटौं वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा मन्त्री अधिकारीले गाउँमै फर्किएर कृषि कर्म गर्न अभिप्रेरित गर्ने कार्य गरेकोमा कम्पनीको प्रशंसा समेत गरे ।

कृषि क्षेत्रमा वार्षिक बजेट बढाउन आवश्यक रहेको बताउँदै मन्त्री अधिकारीले कृषिको व्यवसायिकरणमा प्रविधि, पूर्वाधार, जनशक्ति तथा बजार प्रमुख भएकाले यस क्षेत्रमा व्यवस्थित र रणनितिक लगानीको आवश्यकता रहेको उल्लेख गरे । सरकारले घोषणा गरेको कृषिमा लगानी दशकलाई सफल बनाउने दायित्व नीजि क्षेत्रको समेत भएको उल्लेख गर्दै मन्त्री अधिकारीले यस्का लागि मन्त्रालयले गृहकार्य गरिरहेको बताए । उनले स्थानीय तहबाट नै उत्पादन क्षेत्रहरुको घोषणा गर्ने, कृषिको रुपान्तरणको लागि प्रमुख बाली पूर्वाधारको छनौट गर्ने, कृषिमा लगानी दशक कार्यक्रम कार्यान्वयन कार्ययोजना तयार गर्ने र सो को कार्यान्वयनको लागि सार्वजनिक सहकारी र नीजि लगानी केन्द्रित गर्नु अपरिहार्य भएकाले यसको आवश्यक तयारी कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गरिरहेको उल्लेख गरे ।

नीजि स्तरबाट कृषिमा काम गर्ने कम्पनीहरुको भूमिका खासगरी कृषिको डिजिटलाइजेसन, कृषि उत्पादनको बजारीकरण, कृषि उपजको प्रशोधन, स्वदेशी उत्पादनलाई निर्यात गर्ने तर्फ केन्द्रित हुन आवश्यक रहेको मन्त्री अधिकारीले बताए । उनले सरकार र किसान बीचको खाडललाई पुर्न निजिक्षेत्रको भूमिका महत्वपूर्ण हुनेमा जोड दिँदै नीजि क्षेत्रको सहभागिता विना कृषिमा लगानी दशकले सार्थकता पाउन नसक्ने बताए ।

मन्त्री अधिकारीले लगानी दशकले वर्तमान शासकीय संरचनाका तीनवटै तह, कृषक, सहकारीहरु, नीजि क्षेत्र, विकास साझेदारको लगानी कृषि क्षेत्रको ब्यवसायिकरणमा केन्द्रित गर्ने अपेक्षा पनि व्यक्त गरे। कृषिमा लगानी दशकको प्रस्थान विन्दुको रुपमा स्थानीय तह, प्रदेशका जिल्ला स्थित कृषि तथा पशुपन्छी क्षेत्र हेर्ने कार्यालयहरु, प्रदेश मन्त्रालय, संघीय मन्त्रालय, कृषि अनुसन्धान परिषद् तथा कृषि उद्दम केन्द्र लगायतमा लगानीका क्षेत्रहरुको पहिचान सहजीकरणको लागि डेस्क स्थापना गरिने जानकारी पनि मन्त्री अधिकारीले दिए ।

कार्यक्रममा कृषि मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्रले सरकारले कृषिमा लगानी दशकको घोषणा गरेको बताउँदै निजी क्षेत्रले यसको नेतृत्व लिओस् भन्ने पक्षमा सरकार रहेको बताए ।

कार्यक्रममा नगरपालिका संघका अध्यक्ष भिम ढुंगाना, गाउँपालिका महासंघकी अध्यक्ष लक्ष्मीदेवी पाण्डे, मुक्तिनाथ कृषि कम्पनीका अध्यक्ष सिताराम काफ्ले, प्रबन्ध सञ्चालक भरतराज ढकाल, उपमहाप्रबन्धक रामशरण तिमल्सिना लगायतले कृषि क्षेत्रको लगानी र यसको औचित्यबारे प्रकाश पारेका थिए । कृषि क्षेत्रको समग्र विकासका लागि तत्काल साढे ५ खर्बको लगानी गर्नुपर्ने कार्यक्रममा बताइएको थियो ।

Health Tips Ad Road Block