ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

डा.हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार नयाँ पत्रिकाका कृष्ण रिजाललाई

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । यस वर्षको डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार–२०८१, नयाँ पत्रिका दैनिकका आर्थिक ब्यूरो प्रमुख कृष्ण रिजाललाई प्रदान गरिने भएको छ । लघुवित्तका पिता भनेर सुपरिचित स्वर्गीय डा. हरिहरदेव पन्तको स्मृतिमा स्थापना भएको एक लाख रुपैयाँ राशीको आर्थिक पत्रकारिता पुरस्कार यस वर्ष रिजाललाई प्रदान गर्ने निर्णय गरिएको हो ।

पुरस्कार निर्णायक समितिले डा. हरिहरदेव पन्त फाउन्डेशनद्वारा स्थापित उक्त पुरस्कार डा. पन्तको नवौं वार्षिक पुण्य स्मृति दिवस पारेर २०८१ भदौ २१ गते शुक्रबार प्रदान गरिनेछ ।

देशमा आर्थिक विकास तथा गरिबी न्यूनीकरण गर्नका लागि समर्पित लघुवित्तका प्रथम प्रवर्द्धक डा. पन्तको स्मृतिमा उक्त पुरस्कार स्थापना गरिएको हो ।

डा. हरिहरदेव पन्त फाउन्डेशनले प्रत्येक वर्ष एक जना उत्कृष्ट आर्थिक पत्रकारलाई पुरस्कार प्रदान गर्दै आएको छ । फाउन्डेसनले पहिलोपटक नेपाल आर्थिक पत्रकार समाज (सेजन)लाई सम्मान गरेको थियो । त्यसयता सेजनका पूर्वअध्यक्ष गोकर्ण अवस्थी, विष्णु बेल्वासे, एलिजा उप्रेती, ममता थापा, विजयराज खनाल तथा यज्ञ बञ्जाडेलाई प्रदान गरिएको थियो ।

देशको सर्वाङ्गीण तथा आर्थिक क्षेत्रको विकासका लागि राज्यको चौथो अंग पत्रकारिता जगतले विभिन्न पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन सञ्चारमध्यम तथा लेखनमार्फत आम जनस्तरलाई सूसूचित गराउन खेलेको महत्वपूर्ण योगदानको कदर गर्दै फाउन्डेसनले यो पुरस्कार प्रदान गर्दै आएको छ ।

यस वर्ष पुरस्कारका लागि छनोट भएका रिजालले विगत एक दशकभन्दा लामो समयदेखि आर्थिक क्षेत्रमा कलम चलाउँदै आइरहेका छन् । हाल उनी नयाँ पत्रिकाका आर्थिक ब्यूूरो प्रमुख छन् । त्यसअघि उनी नेपाल समाचारपत्र दैनिक तथा आर्थिक अभियान दैनिकमा रहेका थिए ।

Health Tips Ad Road Block