api apartment jhamsikhela mangsir 2081

skip this News Page Tips Ad Road Block

ग्लोबल आइएमई बैंक र आध्यान्त फण्ड म्यानेजमेन्टबीच कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र आध्यान्त फण्ड म्यानेजमेन्ट लिमिटेडबीच साना तथा मझौला कर्जाको क्षेत्रमा वित्तीय पहँुच र लगानी विस्तार गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

उक्त समझदारी पत्रमा बैंकका साना, मझौला तथा खुद्रा कर्जा प्रवद्र्धन विभागका प्रमुख चित्रकुमार चालीसे तथा आध्यान्त फण्ड म्यानेजमेन्ट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष थापाले हस्ताक्षर गरेका हुन् ।

आध्यान्त फण्ड म्यानेजमेन्टले साना तथा मझौला उद्यमीहरुको व्यापार विस्तार तथा व्यवसायिक क्षमता अभिवृद्वि गर्न प्राविधिक सहायता तथा परामर्श लगायतका सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
बैंक र आध्यान्तबीचको सहकार्यले उद्यमीहरुलाई विभिन्न प्रकारका तालिम तथा वित्तीय पँहुच सहज बनाउँदै मुलुकको अर्थतन्त्रमा टेवा पु¥याउने विश्वास लिइएको छ ।

आध्यान्त फण्ड म्यानेजमेन्टको साना तथा मझौला क्षेत्रमा रहेको अनुभवलाई उपयोग गरी यस क्षेत्रका उद्यमीहरुको ब्यापार व्यवसाय विस्तार र उद्यमशीलताको पहुँच विस्तार गर्दै बैंकले साना तथा मझौला क्षेत्रमा कर्जा प्रवाह गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।

Health Tips Ad Road Block