api apartment jhamsikhela mangsir 2081

skip this News Page Tips Ad Road Block

राष्ट्रिय वाणिज्य बैंकले ल्यायो ७.७७ प्रतिशत ब्याजदरमा निजी गाडी कर्जा योजना  

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ल्यायो ७.७७ प्रतिशत ब्याजदरमा निजी गाडी कर्जा योजना ल्याएको छ । बैंकले नजिकिँदैं गरेको नेपालीहरुको महान चाडपर्व उत्सव योजना अन्तर्गत ७.७७ प्रतिशत स्थिर ब्याजदरमा निजी सवारी (रातो प्लेट) प्रयोजनको लागि ‘फेस्टिभ अफर अफ भेहिकल लोन’ गाडी कर्जा योजना ल्याएको हो ।
मासिक किस्ताबन्दीमा कर्जा भुक्तानी गर्ने गरी बैंकले अधिकतम एक करोड रुपैंयासम्म कर्जा लगानी गर्ने जनाएको छ । कर्जा रकमको ०.५० प्रतिशत सेवा शुल्क लाग्ने छ । गाडीको कोटेशनमा अंकित मूल्यको विधुतीय गाडी (इभी) को हकमा बढीमा ८० प्रतिशत र पेट्रोल÷डिजेल गाडीको हकमा बढीमा ५० प्रतिशतसम्म बैंकले कर्जा लगानी गर्ने भएको छ ।
बढीमा ७ वर्षसम्म कर्जा अवधि दिइने बैंकको यो योजना २०८१ भदौ १ देखि कातिक मसान्तसम्म मात्र लागू हुने बैंकले जनाएको छ । यो योजना अन्तर्गत कर्जा लिएका ग्राहकको कर्जा अवधिभर ब्याजदर परिवर्तन नहुने पनि बैंकले स्पष्ट पारेको छ । निवेदन दिएको ७ कार्य दिनभित्रमा निर्णय दिने यस योजनामा गाडी कर्जासम्बन्धी अन्य प्रचलित नियमहरु आकर्षित हुने बैंकको भनाइ छ । यो कर्जा बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट लिन सकिने बैंकले जनाएको छ ।
बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २९४ वटा शाखा कार्यालय, ३१० वटा एटिएम र ७३ वटा  एक्स्टेन्सन काउन्टर रहेको छ ।
Health Tips Ad Road Block