ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

एनआरएनएले नागरिकता लिनका लागि समस्या, तोकिएका अधिकारसहित कार्यान्यवनको पहल

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । गैर आवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयनका सम्बन्धमा विशेष पहल थालिएको छ ।

अध्यक्ष डा.बद्री केसीको नेतृत्वमा एक कार्यक्रम गरी यो पहल थालिएको हो । गृहमन्त्री रमेश लेखक, संविधानसभा सदस्यहरु वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, डा. खिमलाल देवकोटा, राष्ट्रियसभाका पूर्वसदस्य रामनारायण बिडारी र पूर्वमहान्यायधिवक्ता अग्निप्रसाद खरेलसहित राजनीतिक र कानुनीरुपले विभिन्न क्षेत्र प्रतिनिधित्व गर्नेहरुको उपस्थितिमा गैर आवासीय नेपालीहरुले नागरिकता लिनेक्रममा समस्या रहेको औंल्याइएको थियो ।

सरकारले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहित नागरिकताको व्यवस्था गरेतापनि अझै उक्त अधिकार प्राप्त हुन नसकेको भन्दै एनआरएनएहरुले ध्यानाकर्षण गराएका छन् । संविधानतः गैर आवासीय नेपालीहरुले नागरिकता प्राप्त गरिरहेको भएपनि त्यसमा उल्लेखित अधिकारहरु प्राप्त नभएको उनीहरुको गुनासो छ ।

‘गैर आवासीय नेपाली नागरिकता लिनेक्रममा सम्बन्धित निकायहरुमा अझ केही अस्पष्टता देखिएकोले नागरिकता लिनको लागि समस्या भएको छ भने नागरिकता प्राप्त गरिसकेपछि पनि सामाजिक, सांस्कृतिक र आर्थिक अधिकारको पूर्ण प्रयोग गर्न पाइएको छैन। अध्यक्ष डा. केसीले भने ।

अध्यक्ष डा.केसीले ठूलो संघर्षपछि सरकारले नागरिकता प्राप्तिको लागि बाटो खुला गरेको भएपनि सम्बन्धित निकायमा समयमै परिपत्र नहुँदा समस्या भोग्नुपरेको बताए ।

कार्यक्रममा गृहमन्त्री रमेश लेखकले सरकारले गैर आवासीय नेपाली नागरिकताको कार्यान्वयनमा देखापरेका समस्या समाधान गर्दै सम्बन्धित निकायमा छिट्टै आवश्यक परिपत्र गर्ने प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रमका अन्य वक्ताले समेत गैर आवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयनमा देखा परेका कानूनी अड्चन हटाउन सक्दो पहल गर्ने बताए ।
त्यसैगरी कार्यक्रममा नेपालको विद्यमान कानुनमा रहेका समस्याहरु, कानुन तथा नियमावली संशोधनका उपायहरु तथा अध्यागमन, मालपोत, बैंक तथा अन्य व्यवहारिक ठाउँका समस्या तुरुन्त समाधानका लागि बृहत छलफल गरिएको थियो।

कार्यक्रममा संघका अध्यक्ष डा. बद्री केसीसहित, उपमहासचिव सोम सापकोटा, सहकोषाध्यक्ष कृष्ण तिमिल्सेना, एसिया प्यासिफिक क्षेत्रीय संयोजक हरि भट्टराई, सल्लाहकार अतुल कोइराला, संस्थापक अन्तर्राष्ट्रिय संयोजक भीम उदास, पूर्वउपाध्यक्ष (एनसीसी बेल्जियम) तीर्थ धमला, प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत, अधिकृत कुनाल मिश्र,संघका तर्फबाट गैर आवासीय नेपाली नागरिकताका फोकल पर्शन सरोज दाहाललगायतको उपस्थिति रहेको थियो।

Health Tips Ad Road Block