ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

हवाई क्षेत्रमा नियमन कडाई गर्न विज्ञको सुझाव, क्यानको समग्र पक्षमा सुक्ष्म निगरानी गर्न आग्रह

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । छोटो समयमा दुई ठूला हवाई दुर्घटना भएपछि विज्ञहरुले हवाई क्षेत्रको नियमनमा कडाई गर्नुपर्ने सुझाव दिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले हवाई दुर्घटनाका सम्बन्धमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का पूर्वमहानिर्देशकहरूसँग गरेको छलफलकाक्रममा विज्ञहरुले यस्तो सुझाव दिएका हुन् ।

त्यसक्रमममा विज्ञहरुले कतिपय विमान कम्पनीहरुले नागरिक उड्डयनका क्षेत्रमा अन्तर्राष्ट्रियस्तरमा मान्यता दिइएको तथा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)ले तोके अनुसारको सुरक्षा व्यवस्थापन प्रणाली (एसएमएस) समेत लागू नगरेको बताए । त्यसैगरी विमान चालक तथा प्राविधिक जनशक्तिका लागि आवश्यक सुरक्षासम्बन्धी तालिममा पर्याप्त लगानी नगरेको लगायत विषयमा उनीहरुले मन्त्री पाण्डेको ध्यानाकर्षण गराएका छन् ।

क्यानको पूरै संरचना र सञ्चालनबारे ‘थर्ड पार्टी अडिट’ गराउन आवश्यक भएको र त्यसका लागि अन्तर्राष्ट्रियस्तरका ख्याति प्राप्त संस्थाबाट विज्ञ मगाउन सकिने सुझाव उनीहरुको रहेको छ । दुर्घटनाको जाँच स्वतन्त्र नहुने गरेको, जाँच समितिले दिएको प्रतिवेदन कार्यान्वयन नहुने गरेको तथा त्यसको फलोअप नभएको कारण दुर्घटना बढिरहेकोतर्फ विज्ञहरुले मन्त्रालयले यस विषयलाई विशेष ध्यान दिनुपर्ने सुझाव दिएका छन् ।

त्यसैगरी क्यानको समग्र पक्षमा सुक्ष्म निगरानी गरी सुधारका कदम अगाडि बढाउनुपर्ने उनीहरुको सुझाव छ । त्यसका लागि विचाराधीन विधेयक संसदबाट पास गर्नेतर्फ पहल हुनुपर्ने उनीहरुको भनाइ छ ।

मन्त्री पाण्डेले नीतिगत, कानुनी र संरचनागत सुधारका लागि पूर्वमहानिर्देशकसँग छलफल गरी सुझाव मागेका हुन् ।

Health Tips Ad Road Block