ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

सहकारीको रकम ठगीमा सोधपुछका लागि रवि लामिछानेलाई बोलाउँदै समिति

समितिले २६ जनाको लिष्ट गृहमन्त्रीलाई बुझायो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिले पूर्वगृहमन्त्री रवि लामिछानेलाई सोधपुछका लागि बोलाउने तयारी गरेको छ । सहकारीको बचत रकम अपचलन, हिनामिना र ठगीमा छानबिन गर्नेक्रममा विभिन्न २६ क्षेत्रगत विषयका सरोकारवालासँग छलफल गरिसकेको समितिले पूर्वगृहमन्त्री लामिछानेलाई पनि बोलाउने तयारी गरेको हो ।

लामिछानेविरुद्ध उजुरी परेपछि गृहमन्त्री भएकै बखत पनि सोधपुछका लागि बोलाईएको थियो । समिति सभापति सूर्यबहादुर थापा क्षेत्रीले यस कुरालाई पुष्टि गरेका छन् । सहकारीको बचत रकम अपचलन ठगी, बचतकर्ताको रकम फिर्तादेखि बिबिद्य विषयमा क्षेत्रगत हर क्षेत्रसँग घनिभुत व्यक्ति, पद केन्द्रित नभइ समस्या समाधानको उपाय खोजिने जानकारी दिँदै गृहमन्त्रीलाई २६ जनाको लिष्टसमेत बुझाएको थापाले जानकारी दिए ।

समिति सभापति थापाले सामाजिक सञ्जालमा एक टेलिभिजनलाई दिएको अन्तर्वार्ता शेयर गर्दै भनेका छन्, ‘ हामीले करिब २५/२६ जनाको लिष्ट गृहमन्त्रीलाई बुझाएका छौं । उहाँ गृहमन्त्री हुँदा नै हामीले आफ्ना कुरा राखेर बिदा हुन भनेका थियौं । उहाँसँग मेरो आफ्नै पनि कुरा भएको हो र समितिको तर्फबाट पनि कुरा भएको हो । गोरखा मिडिया नेटवर्कको तत्कालिन र हालको सञ्चालक समितिसँग कार्यबिधिमा छलफल गर्ने र सोधपुछ गर्ने भनेर कार्यबिधिमा उल्लेख गरेका छौं । कार्यबिधिमा त्यो व्यवस्था छ । गोरखा मिडिया नेटवर्क प्रा.लि.को प्रबन्ध निर्देशकका हिसाबले त्यसको एकजना सदस्यको हैसियतले पूर्वगृहमन्त्रीज्यू पनि समितिको सोधपुछमा हुनुहुन्छ । यो स्वाभाविक हो कानुन बमोजिम र कार्यबिधि बमोजिम गर्ने काम हो यो । यसमा सोधपुछमा आउने हरेक मान्छेलाई दोषी प्रमाणित गरेर सोधपुछ गर्न खोजेको भने होइन । ’

समितिले २६ वटा विभिन्न क्षेत्रसँग हालसम्म राय, सल्लाह, सुझाव लिइसकेको उनले जानकारी दिए । समितिले अब सोधपुछको क्रम रहेको जनाएको छ । तोकिएको तीन महिनाको अबधिमै समितिले काम गर्ने सोचअनुसार अगाडि बढिरेहेको उनले बताएका छन् ।

Health Tips Ad Road Block