ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

प्रबिधि क्षेत्रमा पुराना नीति खारेज गरेर एक वर्षभित्रै नयाँ नीतिः सञ्चारमन्त्री गुरुङ

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सूचना तथ सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले सञ्चार तथा प्रविधि क्षेत्रलाई गतिशील बनाउन पुराना ऐन, कानुन र नीति खारेज गरेर नयाँ नीति बनाइने बताएका छन् । क्यान महासंघले आयोजना गरेको “होरिअन बीटूबी समिट २०२४ इन एसोसिएसन विथ बार कोड नेपाल”मा बोल्दै प्रविधि क्षेत्रमा रहेका सबै पुराना नीति खारेज गरेर नयाँ नीति एक वर्षभित्रै बनाउने बताए ।
उनले भने, ‘सञ्चार तथा प्रविधि क्षेत्रमा पञ्चायतदेखिकै ऐन कानुन र नीतिले अहिलेसम्म शासन गरिरहेको छ। तर देशमा ठुल्ठूला परिवर्तनहरू भइसके पनि नीति र कानुनहरु परिवर्तन भएका छैनन्, अब त्यो ऐन कानुन र नीति नयाँ बनाउनेतर्फ लाग्छु ।’ उनले ब्रोडकास्टिङ ऐन र नीति अहिले पनि पञ्चायनकालकै रहेको भन्दै यसमा नयाँ जनादेश अनुसार बनाउने प्रतिवद्धता व्यक्त गरे।

क्यान महासंघका अध्यवक्ष रणजित पोदारले सरकारले ल्यातपटप नोट प्याडमा लगाएको ५ प्रतिशतको अन्तशुल्कबारे पुनर्विचार गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘अहिले सरकार डिजिटल नेपालको कुरा गरिरहेको छ। तर विद्यार्थी र देशका सबै स्कुलमा अत्यावश्यक स्मार्टबोर्ड, ल्यापटप र नोटप्याडमा ५ प्रतिशत अन्तशुल्क लगाएको छ । यसले त झन चोरी बढाउने देखिन्छ। त्यसकारण यसबारेमा सरकारले पुनर्विचार गरी हटाउन सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

क्यान महासंघका महासचिव चिरन्जीवी अधिकारीले सूचना प्रविधिको क्षेत्रमा नीतिगत सुधार गर्नुपर्नेमा जोड दिए । डिजिटल नेपाल बनाउन प्रविधिमैत्री कानुन, डिजिटल साक्षरता, फिनटेकको सुदृढीकरणमा लाग्नुपर्ने उनको भनाइ छ । क्यान महासंघका संस्थापक अध्यक्ष बिमल कुमार शर्माले सरकारले सूचना प्रविधि बुझ्ने् उच्च स्तरीय आयोग बनाउनुपर्ने सुझाव दिए ।

Health Tips Ad Road Block