काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको उप कार्यकारी अधिकृतमा राम कुमार थापा नियुक्त भएका छन् ।
राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिको मिति २०८१ साउन तीन गतेको निर्णय अनुसार मुख्य प्रबन्धक थापालाई बैंकको रिक्त रहेको तह ११ को उप कार्यकारी अधिकृत पदमा बढुवा गरिएको हो ।
बैंकका अनुसार २०५४ सालमा शाखा अधिकृत(तह ७) को रुपमा तत्कालिन एनआइडिसी डेभलपमेन्ट बैंक(हाल राष्ट्रिय वाणिज्य बैंकमा गाभिएको)मा सेवा प्रवेश गरेका थापाले व्यवस्थापन विषयमा एमफिल उत्तीर्ण गरेका छन् ।