ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

साशा इन्जिनियरिङ हाइड्रोको आइपीओ निष्कासन हुँदै, एनआइएमबि एस क्यापिटल बिक्री प्रबन्धक

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । साशा इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले आफ्नो जारी पूँजीको २० प्रतिशतले हुन आउने २५,००,००० कित्ता साधारण शेयरहरु प्राथमिक सार्वजनिक निष्काशनमार्फत धितोपत्र निष्काशन गर्नको लागि एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

धितोपत्र निष्काशन सम्बन्धी सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट अध्यक्ष पवित्रकुमार कार्की तथा निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाँडेद्वारा हस्ताक्षर गरिएको छ । कार्यक्रममा साशा इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडका कम्पनी सचिव दिलिपकुमार चौधरी तथा एनआइएमबि एस क्यापिटल लिमिटेडका महाप्रबन्धक सचिन्द्र ढुङ्गानाको समेत उपस्थिति रहेको थियो ।

सन् २००७ मा स्थापना भएको साशा इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले दोलखा जिल्लामा अवस्थित खानीखोलाको पानी प्रयोग गरी ३० मेगावाट क्षमताको खानीखोला (दोलखा) जलविद्युत आयोजनाको सर्वेक्षणका लागि विद्युत ऐन, २०४९ बमोजिम विद्युत उत्पादनको सर्वेक्षण अनुमतिपत्र प्राप्त गरी उक्त आयोजनाबाट उत्पादन हुने विद्युत खरिद-बिक्री गर्नका लागि नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद–बिक्री सम्झौता समेत गरिसकेको छ । हालसम्म आयोजनाको ९५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ ।

 

Health Tips Ad Road Block