ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

शिक्षामा विद्याको पहिलो निर्णयः विद्यालय पोषण दिवा खाजालाई स्थानीय उत्पादनसँग जोड्ने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले पहिलो निर्णय गर्दै विद्यालय पोषण दिवा खाजालाई स्थानीय उत्पादनसँग जोड्ने निर्णयलाई सदर गरेकी छन् । मन्त्री भट्टराईले विद्यार्थीलाई दिइने दिवा खाजालाई स्थानीय उत्पादनसँग जोड्नका लागि अध्ययन गर्न समिति गठन गरेकी छन् ।

उनले पदभार ग्रहण गर्दै प्रारम्भिक बाल विकासदेखि ५ कक्षासम्मका विद्यार्थीहरूलाई दिइने दिवा खाजा कार्यक्रमलाई स्थानीय कृषि उत्पादनसँग जोड्ने प्रारूप तयार गर्न समिति गठन गर्ने निर्णयमा हस्ताक्षर गरेकी हुन् ।

शिक्षा मन्त्रालयका साथै कृषि मन्त्रालय, स्वास्थ्य मन्त्रालय र योजना आयोगका प्रतिनिधिहरू सहभागी हुने समितिले स्थानीय कृषि उत्पादनलाई दिवा खाजामा जोड्न राष्ट्रिय प्रारूप तयार गर्नेछ ।

Health Tips Ad Road Block