ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

नेपालका ओझासहित विश्वभरबाट ३१ प्रतिष्ठित कविलाई ‘पोएट अफ नेचर अवार्ड’

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । विश्वभरबाट ३१ विश्व कविहरूले प्रतिष्ठित ‘पोएट अफ नेचर अवार्ड’ प्राप्त गरेका छन् । विश्व वातावरण दिवस २०२४ को अवसरमा वातावरणसँग सम्बन्धित रहेर उत्कृष्ट सिर्जना पस्किएसँगै उनीहरु यस अवार्डबाट विभुषित भएका हुन् । उनीहरुलाई सयभन्दा बढी देशका कविहरु आवद्ध विश्वव्यापी संजाल रहेको ग्लोबल राइटर्स एकेडेमी, भारत र प्रतिष्ठित द डेली ग्लोबल नेसन बंगलादेशले संयुक्त रुपमा यो अवार्ड प्रदान गरेका हुन् ।

यो सम्मानित अवार्ड प्राप्त गर्नेहरुमा नेपालका सरोज ओझासहित औरा बार्बोसा, प्रविण सिंह रघुवंशी, पृथा लाहिरी, सरोजा कृष्णमूर्ति, सीमा शर्मा, डाक्टर तस्नीम उस्ताद, एन्ड्रिया एन्सिसो रुइज, गोर्डाना एन्डोनोव्स्का, एलिसिया एम गार्सिया, जेजाबेक मार्हमार्क, देबश्रीता सिंह, अमर्याह, बोसुता, एलिसा, बोसुता, एलिसिया, डा. काब्बारोभा, कुमार मलाय, फ्रिडा नोर्मा, डेला क्रुज, कासिया डोमिनिक, युली गोमेज विल्चेज, कवयित्री दीप्ती शाक्य, डा. प्रफुल्ल कुमार पाण्डा, बिरेन्दु केआर सिन्हा, एल्पियोला लुका, अलेखा प्रसाद मोहराना, रशिदुल हसन कुमार बच्छु, अलेखा प्रसाद मोहराना, रशीदुल हसन कुमारी, अलेखा प्रसाद मोहराना, देबब्रत माजी, सुमन मलिक, मनोरमा साहू सुबुद्धी, बाबावो याकुबु रहेका छन् ।

प्राकृतिक संसारको सौन्दर्य र नाजुकताको अन्वेषण र उत्सव मनाउने क्रममा उनीहरूको असाधारण साहित्यिक कार्यहरूका लागि यो अवार्ड प्रदान गरिएको हो। वातावरण संरक्षणको बारेमा चेतना जगाउने अटल प्रतिबद्धताको सम्मानमा पुरस्कार प्रदान गरिएको ग्लोबल राइटर्स एकेडेमीका अध्यक्ष तथा डेली ग्लोबल नेसनका प्रबन्ध सम्पादक विश्वानन्द सिन्हाले जनाएका छन् ।

अवार्ड प्राप्त गरेपश्चात् नेपालका कवि सरोज ओझाले उक्त सम्मानप्रति कृतज्ञता व्यक्त गर्दै वातावरणीय चेतना जगाउन आफ्नो कलाको प्रयोग गरिरहने प्रतिबद्धता व्यक्त गरे । उनले मानिसहरूलाई पृथ्वीको अभिभावकको रूपमा आफ्नो भूमिकालाई अँगाल्न र आगामी पुस्ताका लागि जिम्मेवारीपूर्वक कार्य गर्न आग्रह समेत गरेका छन् ।

Health Tips Ad Road Block