ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

अर्धजलाशययुक्त २८५ मेगावाट क्षमताको माथिल्लो तमोर आयोजनाको लागि लगानी सम्झौता

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । स्वदेशी निजी क्षेत्रबाट निर्माण हुन गइरहेको अहिलेसम्मकै ठूलो अर्धजलाशययुक्त जलविद्युत आयोजना २८५ मेगावाटको माथिल्लो तमोरमा एभरेष्ट बैंक लिमिटेडको नेतृत्वमा कृषि विकास बैंक, एचआइडीसीएल, राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक, लक्ष्मी सनराइज बैक, नेपाल एसबीआई बैक र गरिमा विकास बैकले ऋण लगानी गरेका छन् । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच ताप्लेजु¬ जिल्लामा निर्माण हुने आयोजनाका लागि वित्तीय व्वस्थापनसम्बन्धी सम्झौता भएको हो । ऋण लगानी सम्झौतामा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र अपर तमोरका अध्यक्ष पुष्पज्योति ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।

आयोजनाको अनुमानित लागत निर्माण अवधिको ब्याजसहित ५५ अर्ब १५ करोड रुपैयाँ अनुमान गरिएको छ । यसमा ३० प्रतिशत स्वपुँजी र बाँकी ७० प्रतिशत ऋण लगानी हुनेछ । स्वदेशी पुँजी, स्वदेशी इन्जिनियरसहित निजी क्षेत्रको हालसम्मकै ठूलो अर्धजलाशययुक्त आयोजनाले २०८५ जेठमा उत्पादन दिनेगरी निर्माण कार्य गरिने आयोजनाका सञ्चालकहरुले बताएका छन् । आयोजनाले वार्षिक १२ अर्ब ५५ करोड आम्दानी दिने अनुमान गरिएको छ ।

कार्यक्रममा अपर तमोर हाइड्रोपावर कम्पनीका अध्यक्ष पुष्प ज्योति ढुङ्गानाले २०४९ सालको विद्युत ऐन ल्याउने शैलाजा आचार्यलाई सम्झदै २१ वर्ष अघि १ मेगावाटको आयोजना निर्माण गरेको दुई दशकमै २८५ मेगावाटको आयोजना बनाउन सक्ने अवस्थामा पुग्नु सकारात्मक भएको बताए । आयोजनाले उत्पादन दिन थालेपछि उद्योगहरुलाई राहत पुग्ने उनको दाबी रहेको छ ।

सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल इप्पानका अध्यक्ष गणेश कार्कीले ५०० मेगावाटसम्मका आयोजना स्वदेशी निजी क्षेत्रले नै बनाउन सक्ने कुरा पुष्टि भएकोले विद्युत विधेयक संशोधन गरेर मात्रै पास हुनुपर्ने बताएका थिए । २८५ मेगावाटको आयोजनामा लगानी गर्ने स्वदेशी बैक तथा वित्तीय संस्थालाई धन्यवाद दिदै कार्कीले आयोजना बन्दा यसले बिजुली मात्रै उत्पादन नगरेर राज्यले गर्नुपर्ने पूर्वाधार विकासका धेरै काम जलविद्युत आयोजनाले नै गरिरहेको पनि बताए । उनले भने, ‘तर हामीलाई दुख दिने काम बन्द भएका छैनन् । भन्सारमा सामान रोकिएको ४ महिना भएको छ । एउटा कर्मचारीका कारण प्रवर्द्वकले करोडौं नोक्सानी व्यहोर्नुपरेको छ ।’

Health Tips Ad Road Block