Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

ट्राफिक नियम उल्लंघन गर्नेलाई स्वयंसेवक बनाउने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वाेच्चको आदेश

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा स्वयंसेवक खटाउने गृहमन्त्री रवि लामिछानेको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा भएको प्रारम्भिक सुनुवाइपछि कारण देखाऊसहित अन्तरिम आदेश जारी भएको हो।

सर्वोच्चमा कृष्ण विकसहितले गृहमन्त्रीको निर्णयविरुद्ध रिट दायर गरेका थिए। गत जेठ १५ गते उपप्रधानमन्त्री समेत रहेका लामिछानेले सडकमा ट्राफिक नियम उल्लघंन गर्नेलाई स्वयंसेवकको रुपमा खटाउन मातहतका निकायलाई निर्देशन दिएका थिए। उक्त कार्य तत्काल बन्द गर्न अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा रिट दर्ता भएको थियो।

रिटमा सामान्य गल्तीमा समेत सडकमा उभ्याई बलपूर्वक सवारी नियमनको काममा लगाउँदा समग्र चालकहरूको हक हितमा गम्भीर असर परेको दाबी गरिएको छ।

Health Tips Ad Road Block