ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

विश्व सगरमाथा दिवसको अवसरमा ललितपुरमा वाल क्लाइम्बिङ प्रतियोगिता

Citizenlife ad 2082 falgun to baishak 2083

ललितपुर । सगरमाथा दिवस मनाउने क्रममा आज ललितपुरमा वाल क्लाइम्बिङ प्रतियोगिता गरिएको छ । उक्त प्रतियोगितामा गोदावरी नगरपालिकाको वडा नं. ८ अवस्थित गणेश माविका विद्यार्थीहरु बीचमा प्रतिष्पर्धा भएको थियो । प्रतियोगितामा ६० जनाले भाग लिएका थिए ।

प्रतियोगितामा पुरुष समूहबाट दिपेश दनुवार प्रथम, अरुण दनुवार दोस्रो र दिपेन्द्र दनुवार तेस्रो भएका थिए । त्यसै गरी महािला तर्फबाट सनशीला तामाड प्रथम, सरिता दनुवार दोस्रो र मरियम ठोक्कर तेस्रो भइन् । विजेताहरुलाई नगद उपचारसहित मेडल र प्रमाणपत्रको ब्यवस्था गरिएको थियो । कीर्तिमानी सगरमाथा आरोही कल्पना महर्जनले सन् २०१९ को सफल सगरमाथा आरोहण गर्ने क्रममा ३ वटै नगरपालिकाको लोगो अंकित झन्डालाई सगरमाथाको चुचुरोमा आजको दिन फहराउन सफल भएको दिनको सम्झनामा प्रतियोगिताको आयोजना गरिएको हो ।

सगरमाथा दिवस प्रत्येक वर्ष मे महिनाको २९ तारिखमा मनाइने राष्ट्रिय दिवस हो । सन् १९५३ को मे २९ तारिखमा ेपालका तेन्जिङ नोर्गे शेर्पा र न्यूजिल्याण्डका एडमण्ड हिलारीले सगरमाथा हिमालको सफल आरोण गरेको सम्झना स्वरुप यो दिवस मनाउन सुरु गरिएको हो । ललितपुर महानगरपालिकाको १००औं स्थापना दिवसको गौरवशाली योजना र कार्यक्रम अन्तर्गत महानगरपालिकाले कीर्तिमानी सगरमाथा आरोही कल्पना महर्जनलाई ललितपुरको लोगो अंकित झण्डा विश्वको सर्वोच्च शिखरमा फराउने दायित्वसहित आर्थिक सहयोग गरेको थियो । सोहीक्रममा आरोही महर्जनले सफलतापूर्वक सगरमाथा आरोहण गरी ललितपुर महानगरपालिकाको लोगो अंकित झण्डालाई सगरमाथा फहर्याएको सम्झनाका साथै विश्व सगरमाथा दिवस मनाउने क्रममा ललितपुर महानगरपालिका वडा नम्बर २६ को बालअधिकार समितिले आफ्ना बालबालिकाहरुलाई स्पोर्टस क्लाइम्बिङ खेल अन्तर्गत परिचायात्मक कार्यक्रमको आयोजना गरेको थियो ।

धुम्बाराहीमा रहेको पासाङ ल्हामु क्लाइम्बिङ सेन्टरमा बाल बालिकाले वाल क्लाइम्बिङ गरेर सगरमाथा दिवस मनाएका छन् । ललितपुर क्लाइम्बिङ फेस्टिवलको नाममा किर्तिमानी सगरमाथा आरोही कल्पना महर्जनको प्राविधिक सहयोगमा ललितपुर जिल्लाका तिनवटै निकाय ललितपुर महानगरपालिका वडा नं. २६ बाल अधिकार समिति महालक्ष्मी नगरपालिका, शिक्षा, युवा तथा खेलकुद शाखाले महालक्ष्मी नगरपालिका अन्तर्गत प्रत्येक सामूदायिक विद्यालयका विद्यार्थीहरुलाई १ दिने परिचायात्मक क्लाइम्बिङ कार्यक्रमको समेत आयोजना गरेको थियो ।

यस्तै गोदावरी नगरपालिका वडा नं. ८ गणेश मावि स्कुल ब्यवस्थापन समिति लगायतले फरक–फरक दिनमा कार्यक्रमको आयोजना गर्दै सगरमाथा दिवस मनाइरहेका छन् ।

Health Tips Ad Road Block