ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

सरकारको नीति तथा कार्यक्रम जेठ १ मा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सरकारले जेठ १ गते आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ ।

बिहीबारको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम जेठ १ गते प्रस्तुत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी छिन् । जेठ १ गते दिउँसो ३ बजे संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेस गरिने उनले जानकारी दिइन् ।

सरकारको नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नेछन् ।

Health Tips Ad Road Block