ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

१०० रुपैयाँको नोटमा नयाँ चुच्चे नक्सा राख्दै सरकार, भारतको भने असन्तुष्टि

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । केही दिन अगाडि बसेको नेपाल सरकार मन्त्रिपरिषद् बैठकले १०० रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने निर्णय गरेको थियो । लिपुलेक, लिम्पियाधुरा, कालापानीसहितको नेपाली क्षेत्र समेट्ने गरी सय रुपैयाँको नयाँ नोटमा नयाँ चुच्चे नक्सा परिवर्तन गर्न लागिएको हो । यसमा भारतले असन्तुष्टि जनाएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालले एकतर्फी निर्णय गरेको भन्दै असन्तुष्टि जनाएका हुन् ।

त्यसबारे भारतका विदेशमन्त्री जयशंकरले सीमा विवादबारे छलफल भइरहेको बताउँदै यसलाई नेपालको एकपक्षीय कदम भनी टिप्पणी गरेका छन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ सालमा लिपुलेक, लिम्पियाधुरा, कालापानी लगायतका भूभाग समेटिएको राजनीतिक तथा प्रशासनिक नयाँ नक्सा जारी गरेको थियो ।

Health Tips Ad Road Block