ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

दूरसञ्चार प्राधिकरणद्धारा बक्यौता नतिरेसम्म विदेशी मुद्रा सटही सिफारिस नगर्ने अडान

Citizenlife ad 2082 falgun to baishak 2083

शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्राधिकरणले कानुनबमोजिम बक्यौता नतिरेकै कारण दुरसञ्चार उपकरण आयात र विदेशी मुद्रा सटही सुबिधा सिफारिस नगरिएको जनाएको छ ।

इन्टरनेटमा भएको अबरोधपछि प्राधिकरणबाट गरिएको अनुगमन तथा निरीक्षणबाट केही सेवा प्रदायकको सेवा अवरुद्ध भएको पुष्टि भएको र तत्काल प्राधिकरणबाट लिइएको पहलकदमी र सरोकारवालाहरुबाट भएको सहयोग एवं समन्वयले केही समयभित्र नै इन्टरनेट सेवा सुचारु भएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए ।

नेपाल सरकार र प्राधिकरणलाई समेत आरोप लगाई विभिन्न सञ्चार माध्यमहरुमा ब्याण्डविथ खरिद वापतको विदेशी मुद्रा भुक्तानीको सिफारिस नगरेको भनी जनमानसमा भ्रम पार्ने गरी प्रकाशित धारणा, विज्ञप्ति एवं समाचारहरु प्रति प्राधिकरणको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

Health Tips Ad Road Block