skip this News Page Tips Ad Road Block

सुख्खा खडेरीका कारण तराईका किसानहरु चिन्तित, धान उत्पादन नै घट्नसक्ने चिन्ता

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । जेठ लागेसँगै अत्याधिक गर्मीले सुक्खा खडेरी सुरु भएपछि तराई र पूर्वका किसानहरु चिन्तित बन्न थालेका छन् । असार, साउनमा रोपाइँका लागि किसानले राखेको धानको ब्याड सुक्न थालेपछि किसान चिन्तित बन्न थालेका छन् । किसानले रोपाइँ गर्न राखेको धानको ब्याड सुक्न थालेपछि किसानहरु निराश बनेका छन् । बढी तातो र खडेरीले धानको ब्याड र जग्गाहरुमा चिरासमेत पर्न थालेको किसानहरुले बताएका छन् ।

जेठ १ गतेदेखि नै असार साउनमा रोपाइँका लागि धानको ब्याड राखेको, तर खडेरी बढेसँगै ब्याड नै चिरा पर्दै जान थालेका कारण धानको बीउ उम्रन नसक्ने र खेतहरु सुख्खा भएको किसानहरुले बताएका छन् । खडेरीका कारण खेतहरु चिरा पर्न थालेको छ ।

यसले धान उत्पादनमा नै समस्या पर्नसक्ने र कतिपयलाई रोपाइँ नै गर्न नसकिने हो कि भन्ने चिन्ता बढ्दै जान थालेको छ । ती स्थानहरुमा पानी हुने हो भने असार लागेदेखि नै रोपाइँ हुने गर्दछ ।

Health Tips Ad Road Block