काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य तोलामा ३ हजार ६ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुन प्रतितोला २ लाख ९४ हजार रुपैयाँ रहेको छ ।
हिजो सुन प्रतितोला २ लाख ९७ हजार ६ सय रुपैयाँ रहेको थियो ।
आज चाँदीको मूल्य घटेर प्रतितोला ४७८० रुपैयाँ रहेको छ ।






















