ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

सुपरमाई हाईड्रोपावरको शतप्रतिशत हकप्रद आउँदै, माछापुच्छ्रे क्यापिटल बिक्री प्रबन्धक

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सुपरमाई हाईड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद ल्याउने भएको छ । यसका लागि माछापुच्छ्रे क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति गरेको छ ।

लिमिटेडले आफ्नो विद्यमान शेयरधनीहरुलाई आ.व २०८१/०८२ को २० प्रतिशत वोनस पश्चात कायम चुक्ता पूँजी चौसठ्ठी करोड बिस लाखको १ः१ को अनुपातमा हुने ६४,२०,००० कित्ता बराबरको हकप्रद निष्काशन गर्न लागेको हो ।

प्रति शेयर अंकित मूल्य रु.१०० का दरले हुन आउने रकम चौसठ्ठी करोड बिस लाख बराबरको हकप्रद शेयर निष्काशनका लागि निष्काशन तथा बिक्री प्रबन्ध सेवा प्रदान गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ ।

सम्झौता समारोहमा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक, माछापुच्छ्रे क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र निष्काशनकर्ता कम्पनी, सुपरमाई हाईड्रोपावर लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रवि पौडेलद्वारा सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।

माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो। पब्लिक लिमिटेड कम्पनीको रुपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी, माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड मार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, निष्काशन तथा बिक्री प्रबन्धक, शेयर रजिष्ट्रार तथा सामूहिक लगानी कोष सेवा प्रदान गर्दै आईरहेको छ ।

Health Tips Ad Road Block