ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

मुग्लिङ–नागढु‌ङ्गा सडक आज रातिदेखि तीन दिन रातकाे समयमा बन्द हुने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आज रातिदेखि तीन दिन मुग्लिङ–नागढु‌ङ्गा सडक बन्द हुने भएको छ । रातकोृ समयमा स्तरोन्नतिको कार्य गर्नका लागि सडक बन्द हुन लागेको हो ।

जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गरी सडक बन्द गर्ने जनाएको हो ।

सूचनामा भनिएको छ, ‘प्रस्तुत विषयमा मुग्लिङ–नागढु‌ङ्गा सडक खण्ड अन्तर्गत चितवन जिल्ला इच्छाकामना गाउँपालिका वडा नं. ४ को घोप्टेभिर लगायतका विभिन्न स्थानहरुमा सडक स्तरोन्नतिको कार्य अगाडि बढिरहेको, सो क्रममा पटक–पटक सवारी आवागमन बन्द गर्नु परेका कारण यात्रुहरुले यात्राको क्रममा कठिनाई भोग्नु परेको अवस्थालाई मध्यनजर गरी मिति २०८२ चैत्र १७ देखि चैत्र १९ गते (३ दिन) राति १० बजेदेखि बिहान ४ बजेसम्म अत्यावश्यक सेवा बाहेकका सबै प्रकृतिका सवारी साधनहरुको आवागमन बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।’

सडक आवागमन बन्द रहेको समयमा गुनासो तथा थप सूचना जानकारी एवं सहजिकरणका सूचना अधिकारी, सचिन मिश्र, नागढुङ्गा मुग्लिङ सडक योजना (पश्चिम खण्ड)( ९८४९५४४६०७), प्रहरी निरिक्षक, प्रतिक सिंह, इलाका प्रहरी कार्यालय मुग्लिङ (९८५५०९०१२०) लाई सम्पर्क गर्न सकिने प्रशासन कार्यालयले जनाएको छ ।

Health Tips Ad Road Block