ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

प्रहरी नायव निरीक्षक नन्दलाल चौधरीले संसारको पाचौँ अग्लो मकालु हिमाल आरोहण गर्दै

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । जिल्ला प्रहरी कार्यालय संखुवासभामा कार्यरत प्रहरी नायव निरीक्षक नन्दलाल चौधरीले संसारको पाचौँ अग्लो र नेपालको चौथो अग्लो मकालु हिमाल आरोहण गनै भएका छन् । आरोहणका लागि त्यसतर्फ प्रस्थान गर्न लागेका चौधरीलाई शुभकामना सहित नेपाल प्रहरीको झण्डा हस्तान्तरण गरिएको छ ।

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित कार्यक्रमबीच प्रहरी नायव निरीक्षक नन्दलाल चौधरीलाई राष्ट्रिय झण्डा र नेपाल प्रहरीको झण्डा हस्तान्तरण गरे ।

सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले आरोहणमा जान लागेका प्रहरी नायव निरीक्षक चौधरीलाई यात्राको सहज, सुखद एवम् सफलताको शुभकामना व्यक्त गरे ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू राजन अधिकारी, शिद्धी विक्रम शाह र उमा प्रसाद चतुर्वेदी, नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

झापा शिवसताक्षी नगरपालिका–७ निवासी प्रहरी नायव निरीक्षक नन्दलाल चौधरी २०५५ सालमा प्रहरी जवान पदबाट सेवा प्रारम्भ गरी हाल जिल्ला प्रहरी कार्यालय संखुवासभामा कार्यरत रहेका छन् । उनले २०८२ साल कार्तिक ५ गते सोलुखुम्बु जिल्लामा रहेको ६४७६ मिटरको मीरा पिकको सफल आरोहण गरेका थिए ।

Health Tips Ad Road Block