ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

इम्पेरियल सेक्युरिटिजको पाँचौं शाखा पोखरामा

Citizenlife ad 2082 falgun to baishak 2083

कास्की । इम्पेरियल सेक्युरिटिज कम्पनी (ब्रोकर नं. ४५) ले पोखरामा आफ्नो पाँचौं शाखा विस्तार गर्दै औपचारिक सेवा सुरु गरेको छ । राष्ट्र बैंक चोकस्थित उक्त शाखाको आइतबार नेपाल राष्ट्र बैंक, गण्डकी प्रदेशका प्रमुख केशव प्रसाद तिमल्सिना र लगानीकर्ता अम्बिका प्रसाद पौडेलले संयुक्तरूपमा उद्घाटन गरे । उद्घाटनकाक्रममा तिमल्सिनाले सरकार र निजी क्षेत्रबीचको सहकार्यबाट मात्रै आर्थिक क्रान्ति सम्भव हुने भनाइ राखे । यस्तै लगानीकर्ता पौडेलले ब्रोकर कम्पनीहरूको विस्तारसँगै पुँजी बजारको दायरा तीव्र गतिमा विस्तार भइरहेको धारणा राखे । उनले भने, ‘पोखराको राष्ट्र बैंक चोकमा अवस्थित यस शाखाले लगानीकर्ताको पहुँच अझ सहज बनाउनेमा म विश्वस्त छु। पुँजी बजार राष्ट्रको समृद्धिको महत्वपूर्ण आधार हो र यस्ता सकारात्मक पहलहरूले बजारलाई थप सुदृढ बनाउँदै भविष्यप्रति नयाँ आशा जगाउनेछन् भन्नेमा म पूर्ण रूपमा ढुक्क छु ।’

इम्पेरियल सेक्युरिटिजका कार्यकारी अध्यक्ष भक्तिराम घिमिरेले कम्पनीको बजार विस्तार रणनीतिअनुसार पोखरामा पाँचौं शाखा स्थापना गरेको बताएका छन् ।

Health Tips Ad Road Block