ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

एयर डाइनेस्टीको हेलिकप्टर खोटाङमा दुर्घटना

Citizenlife ad 2082 falgun to baishak 2083

खोटाङ । एयर डाइनेस्टीको हेलिकप्टर हेलिकप्टर खोटाङमा दुर्घटना भएको छ । काठमाडौँबाट शव बोकेर गएको हेलिकप्टर खोटाङमा दुर्घटनामा परेको हो । खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा आज दिउँसो हेलिकप्टर दुर्घटनामा परेको हो ।

बारीमा अवतरण गर्ने क्रममा हेलिकप्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । सुरुमा बारीको डिलमा अवतरण भएको हेलिकप्टर पुनः उठाएर बीचमा लैजान खोज्दा दुर्घटना भएको बताइएको छ ।

चालक सविन थापासहित ६ जना सवार हेलिकप्टर दुर्घटना हुँदा एक यात्रु काजीबहादुर राई घाइते भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश बुढाथोकीले जानकारी दिएका छन् ।

Health Tips Ad Road Block