skip this News Page Tips Ad Road Block

केही देशका लागि पुनः श्रम स्वीकृति खुला, यी देशमा अझै बन्द

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मध्यपूर्वका केही देशमा कार्यरत नेपाली श्रमिकका लागि पुनः श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको छ । यसअघि युद्धका कारण मन्त्रालयले साउदी अरेविया, यूएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायल लगायतका देशका लागि व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति स्थगन गरेको थियो ।

मन्त्रालयका अनुसार विभिन्न देशमा रहेका गैरआवासीय नेपाली संघ, दूतावास तथा श्रमिकहरूले पुनः श्रम स्वीकृति खुलाउन माग गरेपछि नयाँ निर्णय गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

नयाँ निर्णयअनुसार इरान, इजरायल, बहराइन, कुवेत, इराक र लेबनान बाहेक साउदी अरेविया, यूएई, कतार, ओमान, यमन, जोर्डन र टर्की जाने नेपाली श्रमिक तथा बिदामा नेपाल आएर पुनः रोजगारीमा फर्किन चाहने श्रमिकलाई पुनः श्रम स्वीकृति दिने व्यवस्था गरिएको हो ।

Health Tips Ad Road Block