काठमाडौं । चन्द्रागिरि नगरपालिका क्षेत्रमा उच्च शिक्षाको स्तर उकास्ने लक्ष्यसहित सञ्चालनमा आएको सान इन्टरनेशनल कलेज विद्यार्थी तथा अभिभावकहरूको रोजाइको कलेजका रूपमा स्थापित हुँदै गएको छ। आधुनिक शैक्षिक वातावरण, अनुभवी शिक्षक–शिक्षिका र प्रविधिमैत्री प्रयोगशालासहित कलेजले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ।
कलेजले +२ तहदेखि स्नातक तथा स्नातकोत्तर तहसम्मका विभिन्न विषयमा अध्ययन–अध्यापनको व्यवस्था गरेको छ।
+२ तहमा राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत:
•विज्ञान (Science)
•व्यवस्थापन (Management)
•कानुन (Law)
स्नातक तहमा:
•बी.एस्सी. बायोटेक्नोलोजी (B.Sc. Biotechnology)
•बीबीए (BBA)
•बीआईटी (BIT)
•बी.एस्सी. सिएसआईटी (B.Sc. CSIT)
•बीएएलएलबी (BALLB)
•बीसीए (BCA)
स्नातकोत्तर तहमा:
•एमबीए (Master of Business Administration)
कलेजका अनुसार यहाँ सञ्चालनमा रहेका शैक्षिक कार्यक्रमहरू विद्यार्थीको भविष्यलाई ध्यानमा राखेर तयार गरिएको हो। सूचना प्रविधि, व्यवस्थापन तथा विज्ञानजस्ता क्षेत्र आजको प्रतिस्पर्धात्मक संसारमा अत्यन्त महत्वपूर्ण मानिन्छन्।
त्यसैले विद्यार्थीहरूले सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक सीप पनि प्राप्त गर्न सकून् भन्ने उद्देश्यले कलेजले अत्याधुनिक प्रयोगशालाको व्यवस्था गरेको जनाएको छ। कलेज प्रशासनका अनुसार यहाँ स्थापना गरिएको ल्याब नेपालकै अग्रणी तथा आधुनिक प्रयोगशालामध्ये एक मानिन्छ, जसले विद्यार्थीहरूको प्रयोगात्मक अध्ययनलाई अझ प्रभावकारी बनाएको छ।
सान इन्टरनेशनल कलेजले शैक्षिक गुणस्तरसँगै सामाजिक उत्तरदायित्वलाई पनि महत्व दिएको छ। विशेषगरी चन्द्रागिरि नगरपालिकाका विद्यार्थीहरूलाई लक्षित गर्दै कलेजले विशेष छुट तथा सहुलियतको व्यवस्था गरेको छ।
स्थानीय विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले यस्तो व्यवस्था गरिएको कलेज प्रशासनले जनाएको छ।
स्कुल शिक्षा पूरा गरेपछि विद्यार्थीहरू राम्रो कलेजको खोजीमा रहने गर्छन्। आफ्ना छोराछोरीको उज्ज्वल भविष्य सुनिश्चित गर्न अभिभावकहरू पनि उत्कृष्ट शैक्षिक संस्थाको खोजीमा हुन्छन्।
यही आवश्यकतालाई मध्यनजर गर्दै सान इन्टरनेशनल कलेजले अनुशासन, संस्कार र गुणस्तरीय शिक्षालाई प्राथमिकता दिँदै आफ्नो शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ।
कलेज वरपरका स्थानीय बासिन्दाहरू पनि कलेजको शैक्षिक वातावरणबाट सन्तुष्ट देखिन्छन्। कलेज नजिकै बसोबास गर्ने एक ८० वर्षका ज्येष्ठ नागरिकले मुस्कुराउँदै भने, “मेरो नाति भन्छ । संस्कारी र राम्रो कलेज भनेको सान कलेज हो।”
स्थानीय समुदायबाट आएको यस्तो प्रतिक्रिया कलेजका लागि ठूलो प्रेरणा भएको कलेज प्रशासन बताउँछ।
कलेजको नेतृत्व अनुभवी तथा दक्ष व्यक्तित्वहरूले सम्हालिरहेका छन्।
कलेजका अध्यक्ष डा. सुवास घिमिरे शिक्षाक्षेत्रमा लामो अनुभव भएका व्यक्तित्वका रूपमा परिचित छन्। संस्थापक प्राचार्य डा. सम्भा घिमिरेले कलेजको शैक्षिक व्यवस्थापनलाई व्यवस्थित र गुणस्तरीय बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएकी छन्। कलेजका शैक्षिक प्रमुख ध्रुव खड्काले शैक्षिक कार्यक्रमहरूको प्रभावकारी सञ्चालन तथा विद्यार्थीहरूको शैक्षिक उन्नतिमा सक्रिय भूमिका निर्वाह गरिरहेका छन्।
कलेज प्रशासनका अनुसार विद्यार्थीहरूको शैक्षिक विकाससँगै व्यक्तित्व विकासमा पनि विशेष ध्यान दिइन्छ।
अतिरिक्त क्रियाकलाप, शैक्षिक तालिम, सेमिनार तथा विभिन्न कार्यक्रममार्फत विद्यार्थीहरूलाई नेतृत्व क्षमता विकास गर्ने अवसर प्रदान गरिन्छ। यसले विद्यार्थीहरूलाई भविष्यमा सक्षम र जिम्मेवार नागरिक बन्न प्रेरित गर्ने विश्वास कलेजले लिएको छ।
आधुनिक प्रविधि, गुणस्तरीय अध्यापन, अनुभवी शिक्षक तथा संस्कारयुक्त वातावरणका कारण सान इन्टरनेशनल कलेज चन्द्रागिरि क्षेत्र मात्र नभई काठमाडौं उपत्यकाभरि नै उच्च शिक्षाको एक विश्वसनीय गन्तव्य बन्ने दिशामा अघि बढिरहेको देखिन्छ।
शिक्षा, अनुशासन र संस्कारलाई मुख्य आधार बनाएर अगाडि बढिरहेको यस कलेजले आगामी दिनमा अझ प्रभावकारी शैक्षिक कार्यक्रम सञ्चालन गर्दै विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।






















