ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

‘इनड्राइभ ड्राइभर पार्टनर एक्सिलेन्स अवार्डः ‘विश्वासको सम्मान’

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । इनड्राइभले ‘इनड्राइभ ड्राइभर पार्टनर एक्सिलेन्स अवार्डः ‘विश्वासको सम्मान’ आयोजना गर्दै क्याब र मोटरबाइक (मोटो) श्रेणीका उत्कृष्ट ड्राइभर पार्टनरहरूको विश्वास, समर्पण र निरन्तर उत्कृष्ट प्रदर्शनलाई सम्मान गरेको छ ।

उक्त साँझ आयोजना गरिएको औपचारिक सम्मान समारोहमा इनड्राइभ प्लेटफर्ममा दीर्घकालीन प्रतिबद्धता र उत्कृष्ट सेवा प्रदान गर्दै आएका ड्राइभर पार्टनरहरूलाई विशेष रूपमा सम्मान गर्न विभिन्न ड्राइभर पार्टनरहरूलाई एकै ठाउँमा ल्याइएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै इनड्राइभकी सिनियर ड्राइभर अपरेसन्स स्पेसलिस्ट सुनिता जीमी राईले उपस्थित सबैलाई स्वागत गर्दै ‘इनड्राइभ ड्राइभर पार्टनर एक्सिलेन्स अवाड्र्सः विश्वासको सम्मान’ कार्यक्रमको महत्वबारे प्रकाश पारिन् । उनले यो कार्यक्रम ड्राइभर–पार्टनर र यात्रुबीचको आपसी विश्वासलाई सम्मान गर्ने उद्देश्यले आयोजना गरिएको बताइन्, जुन नेपालमा इनड्राइभका सेवाहरू सञ्चालन हुने मुख्य आधार भएको बताईन् ।

अवार्ड वितरण समारोह विशेष अतिथि प्रियंका कार्कीको उपस्थितिमा सम्पन्न भएको थियो । समारोहमा सुनिता जीमी राई, योक्ष द्वि आद्रियान्तो र अनास्तासिया तेरेन्तिएभाले संयुक्तरूपमा विभिन्न विधामा विजेताहरूलाई सम्मान प्रदान गरेका थिए ।

अवार्डका विधाहरूः

टप परफर्मिङ ड्राइभर पार्टनर– पाँच वर्ष

प्लेटफर्मप्रति दीर्घकालीन प्रतिबद्धता र निरन्तर योगदानको कदर गर्दै
– १० जना क्याब विजेता
– १० जना मोटो विजेता

टप परफर्मिङ ड्राइभर पार्टनर– तीन वर्ष

निरन्तर उत्कृष्ट सेवा र समर्पणको सम्मान गर्दै
– १० जना क्याब विजेता
– १० जना मोटो विजेता

टप परफर्मिङ ड्राइभर पार्टनर– २०२५

सन् २०२५ मा उत्कृष्ट प्रदर्शन गरेका ड्राइभर–पार्टनरहरूलाई सम्मान गर्दै

– १० जना पुरुष क्याब विजेता
– १० जना पुरुष मोटो विजेता
– १० जना महिला क्याब विजेता
– १० जना महिला मोटो विजेता

कुल ८० जना ड्राइभर–पार्टनरहरूलाई उनीहरूको व्यावसायिकता, विश्वसनीयता तथा काठमाडौँमा शहरी यातायातलाई सुदृढ बनाउन गरेको योगदानका लागि सम्मान गरिएको थियो ।

कार्यक्रमको समापन सत्रमा बोल्दै एपीएसीका ड्राइभर्स मार्केटिङ्ग लीड योक्षा द्वी एड्रियान्टोले दीर्घकालीन प्लेटफर्म दिगोपनाका लागि सम्मान–आधारित संलग्नताको महत्वमा जोड दिए ।

‘इनड्राइभ ड्राइभर पार्टनर एक्सिलेन्स अवार्डः ‘विश्वासको सम्मान’ जस्ता पहलमार्फत इनड्राइभ नेपालले केवल संख्यामा आधारित प्रदर्शन मात्र होइन, इमान्दारिता, विश्वास र उत्कृष्ट सेवा जस्ता मूल्यहरूलाई पनि सम्मान गर्दै आएको छ, जसले नेपालमा प्लेटफर्मको विकासलाई परिभाषित गर्छ ।

Health Tips Ad Road Block