काठमाडौं । बिहीबार फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सबैभन्दा ठूलो दलको रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बनेको छ । उसले प्रत्यक्षतर्फ १२५ सिट र समानुपातिकतर्फ ५१ लाख ८३ हजार ४९३ मत पाएको छ । रास्वपाले करिब दुई तिहाई मत पाएको छ ।
समानुपातिकमा कुल सदर मत १ करोड ८ लाख ३५ हजार २७ मा रास्वपाले करिब ५२ लाख मत पाएको हो ।
दोस्रो दल बनेको नेपाली काँग्रेसले प्रत्यक्षतर्फ १८ सिट प्राप्त गरेको छ । समानुपातिकतर्फ १७ लाख ५९ हजार १७२ मत प्राप्त गरेको छ ।
त्यस्तै तेस्रो दल बनेको नेकपा (एमाले)ले प्रत्यक्षतर्फ ९ सिट र समानुपातिकतर्फ १४ लाख ५५ हजार ८८५ मत प्राप्त गरेको छ ।
चौथो दल बनेको नेपाली कम्युनिष्ट पार्टीले प्रत्यक्षतर्फ ८ सिट र समानुपातिकतर्फ ८ लाख ११ हजार ५७७ मत प्राप्त गरेको छ ।
पाँचौ दल बनेको श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ ३ सिट र समानुपातिकर्फ ३ लाख ८५ हजार ८५६ मत पाएको छ ।
छैठौँ दल बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले प्रत्यक्षतर्फ १ सिट र समानुपातिकतर्फ ३ लाख ३० हजार ६८४ मत प्राप्त गरेको छ । यी बाहेक अन्य दलहरु रिङबाट आउट भएका छन् ।
म्याग्दी १ बाट एक स्वतन्त्र उम्मेदवार पूर्व मन्त्री महाविर पुनले प्रत्यक्षतर्फ जितेका छन् ।






















