ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

फेरि अर्का फेक रेस्क्यूमा संलग्न पासाङ शेर्पा पक्राउ, हालसम्म १० जना समातिए

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । नेपाल प्रहरीले पर्वतारोहण ट्रेकिङ क्षेत्रमा फेक ‘रेस्क्यु’मा संलग्न थप एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले नेपालको उच्च हिमाली क्षेत्रमा पदयात्राका क्रममा स्वास्थ्य समस्यामा परेका विदेशी पर्यटकको उद्धार गरेको देखाई बीमा रकम दाबी गरी ठगी गर्ने सिन्धुपाल्चोक सोलु दूधकुण्ड नगरपालिका–१ का ५० वर्षीय पासाङ शेर्पालाई बुधबार पक्राउ गरेको हो । ब्युरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठले पदयात्राका क्रममा स्वास्थ्य समस्यामा परेका विदेशी पर्यटकको उद्धार गरेको देखाइ बीमा रकम दाबी गरेको आरोपमा शेर्पालाई पक्राउ गरेको जानकारी दिएका छन् ।

पक्राउ शेर्पाले पानोरमा हिमालय ट्रेकिङ एण्ड एक्स्पिडिसन प्रालिमार्फत नक्कली कागजात बनाई बीमा रकम ठगी गरेको अनुसन्धानमा खुलेको प्रवक्ता श्रेष्ठले बताए । प्रहरीले यसअघि पनि फेक रेस्क्युमा संलग्न भएको आरोपमा ९ जना पर्यटन व्यवसायी तथा अस्पताल सञ्चालकलाई पक्राउ गरिसकेको छ ।

प्रहरीले “दुई जना बिदेशी नागरिकले सन् २०२५ मा सगरमाथा बेसक्याम्प ट्रेकिङ गर्ने क्रममा गाईड तथा ट्रेकिङ कम्पनी सञ्चालकले आफ्नो स्वीकृती बिना हेलिकप्टर माग गरी काठमाण्डौंसम्म ल्याई अस्पतालमा भर्ना गराएको र रेस्क्यू तथा स्वास्थ्य बीमा दाबी गरेको भनी बिद्युतीय माध्यमबाट उजुरी दिएको” र यसले अन्तरराष्ट्रिय क्षेत्रमा नेपालको राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा र गरिमामा आँच आउने कार्य गरे गराएकाले मुलुकी अपराध संहिता २०७४ को दफा ५१ राष्ट्रहित प्रतिकूल काम गर्न नहुने समेतको कसुर तथा सङ्गठित अपराध निवारण ऐन, २०७० अनुसारको कसुरमा संलग्न भएको आरोपमा पक्राउ गरेको हो । पक्राउ परेका शेर्पालाई जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरी अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।

Health Tips Ad Road Block