ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

महालक्ष्मी विकास बैंकको दुई दिने कार्यशालासहित फेवातालमा पदयात्रा कार्यक्रम सम्पन्न

Citizenlife ad 2082 falgun to baishak 2083

पोखरा । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराँउदै आएको महालक्ष्मी विकास बैंकले फागुन २४ र २५ गते बैंकको वाषिक कार्यक्रम अन्तर्गत दुई दिने कार्यशालाको आयोजना गरी वातावरण, संस्कृति र सम्पदा संरक्षण तथा दिगो बैकिङ्ग प्रवद्र्धनप्रति आफ्नो प्रतिबद्धता जाहेर गर्दै सामूहिक पदयात्रा कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकका विभागीय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रबन्धक र अन्य कर्मचारीहरुको उत्साहजनक सहभागिताका साथ सम्पन्न यस दुई दिने कार्यक्रमले बैंकको आर्थिक वर्ष २०८२/८३ को हालसम्मको समग्र वित्तीय अवस्था र हालै सम्पन्न सफल निर्वाचन पछिको सकरात्मक परिस्थिति तथा अन्तराष्ट्रिय परिस्थितिबाट सृजना हुन सक्ने आर्थिक चुनौतीहरुको समेतको विश्लेषण गरेको छ । बैकिङ्ग क्षेत्रले दिगो वित्तीय अभ्यासहरु अपनाउनुपर्छ भन्ने सन्देश आम जनमानसमा प्रवाह गर्न ऐतिहासिक तथा पर्यावरणीय दृष्टिले महत्वपूर्ण रहेको फेवाताल किनारमा सामुहिकरुपमा पदयात्रा गर्दैै कार्यक्रम सम्पन्न भएको हो । साथै उक्त कार्यक्रममा हरित बैकिङ्ग र दिगो वित्तीय रणनितिको आवश्यकता माथि विशेष जोड दिइएको छ ।

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३१ वर्ष देखी अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ८ लाख ५० हजार भन्दा बढी ग्राहकहरु रहेका छन् ।

 

Health Tips Ad Road Block