ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

ग्यास अभाव गर्ने र कालाबजारी गर्नेलाई कारवाही गर्न बिक्रेताको माग

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । बजारमा देखिएको ग्यास अभाव र केही बिक्रेताहरूद्वारा उपभोक्तालाई चर्को मूल्यमा ग्यास बिक्री गरेको भन्ने खबरप्रति ग्यास बिक्रेता महासंघ नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले एक विज्ञप्तिमार्फत गैरकानुनी कार्यमा संलग्नहरूलाई कारबाहीको माग गरेको छ ।

महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालद्धारा जारी विज्ञप्तिमा भनिएअनुसार बजारमा ग्यासको उपलब्धतामा देखिएको असहजताका कारण आम उपभोक्ताहरूले ग्यास पाउन नसकेकोमा चिन्ता व्यक्त भएको छ । यसैबीच सरकारले तोकेको मूल्यभन्दा बढी लिई ग्यास बिक्री वितरण गर्नु गैरकानुनी कार्य भएको र यस्ता गतिविधिमा संलग्न कतिपय बिक्रेताहरूलाई कारबाही गरिएको समेत विज्ञप्तिमा जनाइएको छ ।

महासंघले यस विषम परिस्थितिमा सरकारले तोकेको मूल्यभन्दा बढी मूल्य लिने बिक्रेता तथा उद्योगलाई कारबाही गर्न सरकारसँग माग गरेको छ । साथै यस्ता प्रकारका गैर कानुनी काम नगर्न पनि सम्पूर्ण बिक्रेताहरूलाई महासंघले अपिल गरेको छ । ग्यास बिक्रेता महासंघले उपभोक्ताहरूलाई सहज र सुपथ मूल्यमा ग्यास उपलब्ध गराउनका लागि आफू प्रतिबद्ध रहेको र गैरकानुनी कार्यलाई प्रोत्साहन नगर्ने स्पष्ट पारेको छ ।

Health Tips Ad Road Block