काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनलाई तिव्रता दिएको छ । विभागले स्थानीय सरोकारवाला तथा उपभोक्ता अधिकारकर्मीको सहभागितामा नियमित रुपमा बजार अनुमगनलाई तिव्रता दिएको जनाएको छ ।
यसैअनुसार विभागले एकै दिन १३ वटा फर्ममाथि अनुमगन गरेको छ । अनुमगनको क्रममा कैफियत भेटिएका दुई वटा फर्मलाई विभागले जरिवाना गरेको छ । विभागले सिन्धु फलफूल तथा फ्रेस सेन्टर मध्यपुर थिमीलाई २० हजार र पञ्चकन्या त्रिदेव डेरी पसल नयाँ बानेश्वरलाई १० हजार रुपैयाँ जरिवाना गरेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ बमोजिम यी फर्ममाथि जरिवाना गरेको विभागले स्पष्ट पारेको छ ।
त्यसैगरी विभागले थप ११ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ ।






















