काठमाडौँ । बहुप्रतिक्षीत नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनका लागि आवेदन गरेका १० कम्पनीमध्ये प्राविधिक मूल्याङ्कनमा सात वटा छनोट भएका छन् । प्राविधिक मूल्याङ्कनमा छनोट भएका कम्पनीको आर्थिक मूल्याङ्कन सुरु गरिने नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाले जनाएको छ । राष्ट्रिय अन्तर्राष्ट्रिय काष्ठमाण्डप/गान्सु हेङटोङ (संयुक्त), एसएक्सआरबी–ब्राइट बुल (संयुक्त), जेटिसिजी–डाँफे (संयुक्त), इएमएसएल/पशुपति शिवजी कन्स्ट्रक्सन (संयुक्त), समानान्तर/चाइना फस्र्ट हाइवे इन्जिनियरिङ (संयुक्त), वेदांशी इन्फ्रास्ट्रक्चर/रानकेन रेल्वे कन्स्ट्रक्सन ग्रुप (संयुक्त) र चोङक्विङ युक्सिन रोड एन्ड ब्रिज्ड डेभलपमेन्ट/एआरटी कन्स्ट्रक्सन (संयुक्त) छनोट भएका छन् । यता सेग्मेन्टल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट–स्वच्छन्द निर्माण सेवा (संयुक्त), बाबरी कन्स्ट्रक्सन/टनेल टेक सोलुसन (संयुक्त) र केएसएनएस–अल्टिनको–बिपिसिएल (संयुक्त) प्राविधिक मूल्याङ्कनमा छनोट हुन नसकेको हो ।
आयोजनाले गत कार्तिक १६ गते आह्वान गरेको अन्तर्राष्ट्रिय बोलपत्र आव्रशान गरेको थियो । छनोट हुने सेवा प्रदायक कम्पनीले पाँच वर्षसम्म सुरुङमार्ग सञ्चालन गर्न पाउने छ । सुरुङमार्ग सञ्चालनका लागि खरिद प्रक्रियामा सहभागी भएकामध्ये प्राविधिक मूल्याङ्कनमा सात वटा कम्पनी छनोट भएका र ती कम्पनीको चैत १ गतेदेखि आर्थिक मूल्याङ्कन सुरु गरिने बताइएको छ ।
यसअनुसार सबै काम सकेर वैशाखमा सुरुङमार्ग सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।






















